काठमाण्डौ / कोरोना संक्रमण भएर काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा समस्या देखिएको छ । शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार थालेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

उनलाई दैनिक १० लिटरसम्म अक्सिन दिन थालिएको अस्पताल स्रोतले बताएको छ । उनीसँगै अस्पताल भर्ना भएका पुर्व राजा र छोरी प्रेरणाको भने अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।