बिर्तामोड / भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

हरिद्धार भ्रमण सकेर गत आईतवार स्वदेश फर्किएका पूर्वराजा र पूर्वरानी लाई कोरोना संक्रमण भएको हो । उनिहरुको शनिबार दिल्लीमा गरिएको  स्वास्थ्य परिक्षणमा नेगेटिभ रिर्पाट आएपछि स्वदेश फर्किएका थिए । 

OM Sai Pathibhara Hospital

स्वदेश आएपछि गरिएको दोस्रो पटकको परिक्षणमा भने संक्रमण देखिएपछि शाह दम्पती सेल्फ क्वारेन्टाइनमा बसेको उनको निजी सचिवालय स्रोतले जानकारी गराएको छ । विदेशवाट फर्किनेले १० दिन क्वारेन्टाईनमा बस्नु पर्ने सरकारी निति समेत रहेकाले शाह दम्पती अहिले क्वारेन्टाईनमा समेत रहेको स्रोतको भनाई छ । 

पुर्व राजाका प्रेश संयोजक फडिराज पाठकले भने कोरोना संक्रमणको विषयमा केहि पनि वताउन चाहेनन् । उनले आफु निर्मल निवास वाहिर भएको जनाउँदै उनले सो विषयमा निर्मल निवास पुगेर औपचारीक जानकारी गराउने वताएका छन् ।