बिर्तामोड / भारतले अक्सिजन निर्यात रोकेको छ । नेपालमा समेत संक्रमण फैलिरहेको समयमा भारतमा कोरोना भाइरसको संक्रमण बढेको कारण देखाउँदै अक्सिजन निर्यात बन्द गरेको हो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा चिकित्सकले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने सरकारलाई जानकरी गराएका छन् । 

OM Sai Pathibhara Hospital

भारतले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधिको समेत निर्यात गर्न छाडेको वैठकमा उपस्थित स्वास्थ्यकर्मीले जानकारी गराएका छन् । 

संक्रमण बढेपछि आईसीयू कक्ष, जनशक्ति र उपचारमा प्रयोग हुने रेमडिसिभर औषधिको समेत अस्पतालमा अभाव भएको चिकीत्सकले वैठकमा जानकारी गराए ।