काठमाडौं /  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदेश एककै चर्चित एवं ठुलो अस्पताल विराटनगरको न्युरो अस्पतालमा कार्यरत नक्कली प्रमाणपत्र धारी एक चिकीत्सक सहित ७ जनालाई पक्राउ गरेको छ । सिआइबीले सोमबार पत्रकार सम्मेलन पक्राउ परेका ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टर र एक जना कन्सलटेन्सी सञ्चालकलाई काठमाण्डौमा सार्वजनिक गरेको छ । 

सिआइबीले विभिन्न अस्पतालमा छामा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।

OM Sai Pathibhara Hospital

त्यसैगरी महोत्तरी सरपल्लो– ६ घर भई हाल जनकपुर उपमहानगरपालिका– ७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका– ५ घर भई हाल ललितपुर महानगरापालिका– २ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस – ५का दिपेन्द्र गौतम पक्राउ परेका हुन्।

पक्राउ परेकाहरु मध्ये मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल र गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। पक्राउ परेका अन्यका विषयमा भने अनुशन्धान भईरहेकाले उनीहरु कार्यरत अस्पतालका विषयमा भने कुरा खुल्न बाँकी रहेको पन्तले जानकारी गराएकी छन् ।