हेटौँडा / हेटौँडा अस्पतालमा पहिलोपटक अर्बुद रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ ।शरीरका विभिन्न भागमा अर्बुद छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा ल्याबोरेटोरी मेसिनका माध्यमले अर्बुद पत्ता लगाउन शुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, पुरुषको अण्डकोष र  प्रोस्टेट परीक्षणका लागि काम शुरु गरिएको उनले बताएका छन् । 

रगतका माध्यमले पत्ता लगाइने अर्बुद जँचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताएका छन् । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उनले जानकारी दिएका छन् । । 

OM Sai Pathibhara Hospital

यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण  पनि शुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन , बारा,पर्सा जिल्लावासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् । सरकारी मान्यतानुसार ५० शय्याको सो अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमो छ । बिरामीको नियमित उपचारबाहेक सो अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत  अस्पतालबाट सेवा प्रवाह गर्ने गरिन्छ ।

वाग्मती प्रदेश सरकारमातहत सो अस्पताल आएपछि व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण  अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्छ । अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।