बिर्तामोड / देशभरको वातावरण केही दिनदेखि अत्याधिक प्रदूषित भएको छ । यसमा झापा समेत वातावरण अत्याधिक प्रदुषित रहेको वातावरण विभागले जनाएको छ । 

वातावरण विभागका सुचना अधिकारी शंकरप्रसाद पौडेलले झापाको अवस्था पनि सन्तोषजनक नभएको बताएका छन् । उनले भने ‘झापाको दमकमा रहेको स्टेशनको टिपोट हेर्दा झापा पनि प्रदुर्षणको हिसाबले रेडजोनमा छ, सामान्य अवस्थामा पिएम २.५ को भ्याल्यु ४० हुनु पर्नेमा पछिल्लो २४ घण्टामा दमकमा १६६ देखाएको छ भने आज बिहान १९२ देखाएकाले झापामा प्रदुर्षण  बढ्नेक्रममा छ ।’

OM Sai Pathibhara Hospital

यो अवस्था मानव स्वास्थ्यको लागि हानीकारक हुने र यो बेला घरभित्रै बस्न समेत आग्रह गरेका छन् । वातावरण प्रदुषण भएकै कारण सरकारले आजदेखि चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।