बिर्तामोड / केही व्यक्ति अनुहारको भाव पढेर दोस्रो व्यक्तिको मनको कुरा थाहा पाउँछन् । तर तपाईको मनमा के चलिरहेको छ त्यसलाई सःसब्द वर्णन गर्ने क्षमता उनीहरुमा हुँदैन् ।

यसरी तपाई अर्को व्यक्तिको मनमा चलिरहेको कुरालाई सःसब्द सुन्न सक्नुहुन्छः

  •  योगको विभूतिपादमा मनःशक्ति योगाका बारेमा उल्लेख गरिएको छ । यसको अभ्यासबाट दोस्रो व्यक्तिको मनको कुरालाई सःसब्द सुन्न सकिन्छ ।
  •  योगानुसार ज्ञानको स्थितिमा संयम हुन सके दोस्रो व्यक्तिको चित्त (मन)को ज्ञान हुन्छ । हामी सधैं आफ्नै मनमा रमाइरहेका हुन्छौं, जसकारण हामी अन्य व्यक्तिको मनको कुरा कहिल्यै सुन्न सक्दैनौं । यदि तपाई आफ्नो मनलाई शान्त पार्न सक्नुहुन्छ भने अरुको मनको कुरा सुन्न सक्नुहुन्छ ।
  •  जबसम्म तपाई बोल्नुहुन्छ, तपाईको सामुन्नेको व्यक्ति सुनिरहेको हुन्छ । जब तपाई बोल्न बन्द गर्नुहुन्छ, त्यसपछि अर्को व्यक्तिले बोल्न सुरु गर्छ र तपाई सुन्न सक्नुहुन्छ । ठीक यहि तरिका मनमा पनि लागू हुन्छ, तपाईको मनले बोल्न बन्द गर्यो भने मात्रै तपाईले अर्को व्यक्तिको मनले बोलेको कुरा सुन्नसक्नु हुन्छ ।
  • अब तपाई सोच्नुहुन्छ होला कि आफ्नो मनलाई कसरी चुप राख्ने ? पक्कै पनि मनलाई शान्त राख्न योगा र साधाना मात्रै एक विकल्प हो । दुई बिचारको बीच जो अन्तराल हुन्छ, त्यसमा ध्यान दिनुभयो भने तपाईको मन चुप लाग्न सक्छ र तपाईको चित्त शान्त रहन्छ ।
  •  यो मनःशक्ति योगको बलमा योगीहरु कमिलाको खुट्टाको आवाज पनि सुन्न सक्छन् रे ! तपाईको मनमा त दुनियाभरको स्वर मच्चिरहेको हुन्छ ।