राजविराज / राजविराजको छिन्नमस्ता अस्पतालका चिकित्सकले एक महिलामाथि आपत्तिजनक व्यवहार गरेको भन्दै अनुसन्धानका लागि चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 चिकित्सक डा. राजन जयसवालले भान्जीको उपचारका लागि आएकी महिलामाथी आपत्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ । 

OM Sai Pathibhara Hospital

सो घटनाका कारण शुक्रबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो । तनाव बढ्दै जाँदा आरोपित चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । 

पीडित पक्षको उजुरीको आधारमा सो अस्पतालका बाल रोग विशेषज्ञ डा. जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ३२ बर्षीया पीडित महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् । 

पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताइन् । उक्त कार्यको प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भीडले चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताएका छन् । 

यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गरेको गुनासो आएपछि शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् चिकित्सक जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।