बिर्तामोड / कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि भारतले कोरोनाविरुद्धको खोप अन्य देशमा निर्यात नगर्ने भएको छ । 

भारतले हाल अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डका नाममा सेरम इन्स्टिच्युड अफ इन्डिया (एसआइआई) बाट उत्पादन गरेर अन्य देशमा आयात गरिरहेको थियो । तर आफ्नै देशको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै उसले तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

निर्यात कहिलेसम्म बन्द गर्ने भनेर किटानसाथ निर्णय गरिएको छैन । तर अप्रिलको अन्तिमसम्म यो लागू हुने सरकारी अधिकारीहरूको अनुमान छ । 

भारतमा कोरोना महामारी पछिल्लो समय उकाली लागेको छ । यसको नियन्त्रणका लागि उसले विभिन्न क्षेत्रमा लकडाउनलगायतका सावधानी अपनाएको छ । तर नियन्त्रणको छनक देखिएको छैन । 

 नेपाललगायतका देश प्रभावित 

भारतमा उत्पादित खोप कोभ्याक्सअन्तर्गत खरीद गर्न विभिन्न मुलुकले सम्झौता गरेका छन् । यस्तो सम्झौता गर्नेमा नेपाल पनि छ । 

भारतले कोरोनाविरुद्धको खोप निर्यात बन्द गर्ने निर्णय गरेसँगै नेपाललगायतका १९० देश प्रभावित हुने देखिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा कोभ्याक्स अभियान ल्याइएको हो । यसको उद्देश्य विश्वका गरिब देशमा पनि खोपको समान पहुँच कायम गर्नु हो ।