धरान / वेथिति र भ्रष्टाचारको कारण बदनाम हुँदै गएको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार बढेको आशंकामा अख्तियारले छानविन थालेको छ । अख्तियारको ईटहरी स्थित प्रदेश कार्यालयवाट गएको टोलीले छापा मारेको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्टार डा। मोहन चन्द्र रेग्मीको नियुक्तिसँगै प्रतिष्ठानमा मिलेमतोमा भ्रष्टाचार हुन थालेको भन्दै अख्तियारमा उजुरी परेपछि आकस्मिक रुममा छानविन छानविन थालिएको अख्तियार स्रोतले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

डा. गिरी उपकुलपति बनेपछि नियमविपरीत विलासी सामान खरिद गरेको अनि आफु निकटका व्यवसायीबाट बजार मुल्य भन्दा बेसिमा सामाग्री खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेपछि स्थलगत अनुगमन र छानविन थालेको बताईएको छ ।

पछिल्लो समयमा उपकुलपति डा. गिरी र रजिष्टार डा. रेग्मी बिच विवाद चर्किएपछि अस्पताल निर्देशक डा. गौरीशंकर शाहलाई अधिकार प्रत्यायोजन गरेपछि प्रतिष्ठान भित्र विवाद चुलिएको थियो । प्रतिष्ठान स्रोतले उपकुलपति डा. गिरी र रजिष्टार डा. रेग्मीविच आफु निकटका व्यवसायीलाई मिलेमतोमा काम दिन प्रतिष्पर्धा चलेपछि पछिल्लो भ्रष्टाचारको विषय सतहमा आएको जनाएको छ ।

स्रोत भन्छ – मिलेमतोमा काम हुँदा भ्रष्टाचारको विषय वाहिर आउँदैन तर जव मिलेमतो बन्दो भएर भित्र काम गर्न आन्तरिक होड चल्छ काम कम पाउने या नपाउने समुहले भ्रष्टाचारको विषय उचाल्छ । यो प्रतिष्ठानको पुरानो रोग नै हो , यसपटक पनि भएको त्यहि नै हो ।

आन्तिरक विवाद चुलिएको समयमा काम गर्न नपाउने समुहले वेनामे उजुरीको भरमा अख्तियारको सहारा लिने अनि अर्को समुहलाई तर्साउने रोग भने प्रतिष्ठान भित्र नयाँ भने हैन । वर्षै देखि मिलेमतोमा प्रतिष्ठानलाई उपयोग गरी करोडौं कमाउने स्वार्थी समुहको प्रभावमा परि काम नगरिदीएको अवस्थामा पनि यस्ता समस्या अनि चर्चा हुने गरेको छ । विगत एक दशक यता प्रतिष्ठान भित्र काम गर्ने व्यवसायीको एउटै समुहको वोलवाला चल्दै आएको छ । प्रतिष्ठानको समस्या पनि त्यही व्यापारीक समुहको चंगुलमा नै फसेको छ ।

प्रतिष्ठानका पदाधिकारी ल्याउने र फ्याक्ने सम्मका काम गर्दै आएका व्यापारीका समुह फरक फरक धारमा उभिएको अवस्थामा मात्रै प्रतिष्ठानका पदाधिकारी समेत एक अर्को समुहमा उभिने अवस्था बनेको अनि पछिल्लो भ्रष्टाचारको विषय पनि त्यही रुमलिएको प्रतिष्ठानका एक कर्मचारीको भनाई छ । व्यापारीले मिलेर काम गर्ने अवस्था आए पदाधिकारी पनि मिलेर काम गर्छन मिलेर काम भएन भने आफ्ना आफ्ना समुहमा लाग्दा पदाधिकारी पनि आफु निकटका पदाधिकारी बोकेर कुदछन् यही नै हो विपी भित्र देखिएको समस्याको मुल चुरो ।

आयोगको इटहरी स्थित कार्यालयका अनुसन्धान अधिकृत दिवस अधिकारी नेतृतवको छानविन टोली प्रतिष्ठानका विषयमा परेका उजुरीका विषयमा स्थलगत अनुशन्धान थालेको वताईएको छ । उपकुलपति र रजिष्टारको नियुक्ति पछि आयोगमा परेका अनियमितता र वेथितिका उजुरीका विषयमा स्थलगत अनुशन्धान थालिएको अख्तियार स्रोतले जानकारी गराएको छ ।

कोरोना स्वास्थ्य सामाग्री खरिद , नियमविपरीत कर्मचारी नियुक्ति अनि खरिद नियम विपरीत भएका खर्च विवरणका विषयमा उपकुलपति र रजिष्टारका विरुद्दमा अख्तियारमा परेका उजुरीका विषयमा स्थलगत अध्ययन सँगै छानिवन थालिएको स्रोतको भनाई छ । स्रोत भन्छ – प्रतिष्ठान भित्र सकृय स्वार्थी समुहले आफुले काम नपाएको अवस्थामा मात्रै एक अर्का सिध्याउन उजुरी गरी अख्तियार गुहार्ने परंपरा बसेकाले छानविन र कारवाहीमा समेत  समस्या आएको छ । यो पटक सवै विषयमा छानविन गरी कारवाही अघि वढाईन्छ ।

प्रतिष्ठानका अधिकारी व्यापारीका फरक फरक समुहको स्वार्थ पुरा गर्ने गरी काम गदैं आएको परम्परा पछ्याउन यो पटक पनि सकृय बनेपछि प्रतिष्ठान भित्रको वेथिति सतहमा आएको विपीका पुराना कर्मचारीको भनाई छ । उनी भन्छन– उपकुलपति आफु निकटका व्यापारी र राजनितिक दलको छाना मुनि बसेकाको स्वार्थको पछि लागेका छन् भने रजिष्टार पनि उनी निकट व्यापारी र नेताको पछि लागेका छन् पछिल्लो विवाद अनि विषयको चुरो पनि त्यही नै लुकेको छ ।

विगतमा पनि प्रतिष्ठानका विषयमा व्यापारीक समुह अनि ति निकटका व्यक्तिको उजुरीको चाँङ नै अख्तियारमा रहेको छ तर पनि ति उजुरीको अझै सम्म पनि किनारा लागेको छैन । यस पटक पनि एक वर्ष यता पदाधिकारीबिचमा विवाद देखिएसँगै उजुरीको क्रम सुरु भएको थियो । उपकुलपति निकटले रजिष्टार सहित उनी निकटको र रजिष्टार निकटले उनी सहित उनी निकटका विषयमा उजुरी दिन थालेपछि अख्तियारले सुक्ष्म अध्ययन अनि अनुशन्धान सुरु गरेको बताईएको छ ।

अख्तियारको ईटहरी स्थित कार्यालयका सुचना प्रमुख  पुरुषोत्तम ढकालले भने प्रतिष्ठानमा छामा मारिएको विषयमा आफु अनविज्ञ रहेको वताएका छन् । उनले प्रतिष्ठानमा प्राप्त उजुरीका विषयमा स्थलगत अध्यन अनि अनुसन्धान अख्तियारको नियमित काम भएको वताउँदै प्रतिष्ठानका विषयमा स्थलगत अध्ययन अनि अनुशन्धान भएको मात्रै हुन सक्ने बताएका छन् ।

अख्तियारका स्वास्थ्य शाखा प्रमुख दिवश अधिकारीले प्रतिष्ठानका विषयमा परेका उजुरी माथि छानविन थालिएको पुष्टि गरेका छन् । उनले अख्तियारमा परेका उजुरीको करिव ५० प्रतिशत हिस्सा विपी प्रतिष्ठानको मात्रै भएकाले परेका उजुरीको किनारा लगाउन स्थलगत छानविन थालिएको जनाएका छन् । उनले अख्तियारको केन्द्रिय कार्यालयले उजुरीको अन्तिम किनारा लगाउन दवाव वढाएकाले पुराना अनि नयाँ उजुरीको अन्तिम किनारा लगाउन अनुशन्धान अघि वढाएको जानकारी गराएका छन् ।

उनले भने विगत केहि वर्ष यता प्रतिष्ठानका विषयमा आएका उजुरीको चाँङ नै अख्तियारमा देखिएकाले पछिल्लो कार्यकाल सँगै नयाँ उजुरीका विषयमा छानविन अघि वढाईएको वताएका छन् । प्रतिष्ठानका विषयमा परेका नयाँ तथा पुराना उजुरीको विषयमा छानविन गरी कारवाही नहुन्जेल सम्म यो प्रकृया नियमित चल्ने समेत उनले वताएका छन् ।