महोत्तरी / महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।  पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गरेका छन् । अब र्गाैशालामा नै आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो ।

आयुर्वेद पद्धतिबाट उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो । केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताए । “ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्”, पूर्वमन्त्री पोखरेलले भने, “विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।” आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।

OM Sai Pathibhara Hospital

“वर्तमान परिवेशमा सर्वप्रथम मानिसलाई जीवनपद्धति परिवर्तन गर्नु आवश्यक छ”, पोखरेलले भने, “यसका लागि योग, ध्यान र साधनासँगै साविक खाना आधारभूत कुरा हुन् ।” यो पक्ष अँगालेपछि मानिस स्वस्थ्य रहने पोखरेलको भनाइ छ । 

नेपाल सरकारले स्थापना गरेको केन्द्रको स्थापनाले अब जिल्लाको उत्तरी भेगका गौशाला, बर्दिवास र औरही नगरपालिकासहित सोनमा गाउँपालिकाका बासिन्दाले आयुर्वेद पद्धतिको उपचार पाउन सहज भएको छ । केन्द्रलाई स्थानीय तह, विद्यालय र गौशालास्थित सरकारी कार्यालय र संस्थाको समन्वयमा ऋतु परिवर्तन भएलगत्तै योग शिविरको आयोजना गर्न पोखरेलले सुझाव दिए । योसँगै स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिन आवश्यकता रहेको पोखरेलको थप सुझाव छ ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले केन्द्रलाई नमूना औषधालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले पञ्चकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको महतोले बए । केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाएका छन् ।