काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले पत्राचार गर्ने भएको छ । दुबै दलका नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गर्ने भएको हो ।
नेकपा विवाद टुंग्याउने ठूलो सकस पाएको आयोग अदालतको फैसलाबाट सहज बनेको छ । उसले फैसला कार्यान्वयन गर्ने गरी आयोगले पत्राचार गर्ने तयारी गरेको हो ।
अदालतको फैसला अनुसार दुबै दललाई पुनः एकीकरण भएर नयाँ नाम लिएर आउन वा साविककै एमाले र माओवादी केन्द्रको नाम दर्ताका लागि प्रक्रिया अगाडि बढाउन आयोगले मौका दिनेछ ।
एमालेको सूर्य चिन्ह र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुनेछ ।