बिर्तामोड/ अहिलेको समयमा फिटनेस क्लबको क्रेज बढ्दै गएको छ। विशेषगरी युवापुस्तामा जिम धाउने क्रम बाक्लिदै छ। शरीरलाई फिट राख्न होस् या स्वस्थ हुन, धेरैको रोजाईमा जिम पर्ने गर्छ।  
अझ भनौं, शरीरको तौल घटाउने मुख्य उपायको रुपमा कतिपयले त जिमलाई पहिलो नम्बरमा पनि राख्ने गर्छन्। फिटनेस क्लब नजानेहरु घरमै युट्युबका भिडियो हेरेर भएपनि विभिन्न किसिमका व्यायामहरु गर्छन्। 
जिम कस्तो किसिमको व्यायाम हो र शरीरलाई किन आवश्यक छ ?
-  शारीरिक सुगठन बनाउन र स्वास्थ्यका निम्ति गरिने व्यायाममध्ये जिम एक हो।
 - जिमले शरीरको मेटाबोलिजम अर्थात खानालाई खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई राम्रो बनाउँछ।
 
जिम सबैले गर्न मिल्छ ? गर्न मिल्ने र नमिल्ने अवस्था के के छन् ?
- १६ वर्ष अघिसम्म सामान्य किसिमको व्यायाम गर्न मिल्छ।
 - १६ वर्षपछि मात्र वेट लिफ्टिङ लगायत गर्न मिल्छ। तर १६ वर्ष अघि सकेसम्म नगर्दा राम्रो हुन्छ।
 
जिम सुरु गर्दा के–के कुरामा ध्यान दिन आवश्यक छ ?
- सबैभन्दा पहिले जिम गर्नुको उद्देश्य बारे स्पष्ट हुनुपर्छ।
 - जिमभित्र पनि धेरै किसिमको विधाहरु हुन्छन्। तौल बढाउने, घटाउने वा शरीरलाई सुगठित बनाउने के का लागि भन्ने बारे स्पष्ट हुनुपर्छ।
 - जिम जाने बित्तिकै तत्काल परिणाम देखिन्छ भन्ने धेरै अपेक्षा गर्नु भएन। यसको नतिजा निश्चित समयपछि देखिन्छ।
 - प्रशिक्षकसँग आफ्ना समस्या, स्वास्थ्य अवस्था, जिम जानुको उद्देश्यबारे सबै कुरा स्पष्ट रुपमा राख्नुपर्छ।
 
कतिपय व्यक्तिले युट्युब हेरेर घरमै आफूखुशी पनि जिम गरिरहेका हुन्छन्  । यो कत्तिको ठिक हो ? 
- युट्युबमा हेरेर आफूखुशी गरिएका जिमले शरीरमा नकारात्मक असर गर्छ।
 - जिम गर्दा प्रयोग गर्ने सामग्रीहरु प्रशिक्षकको निर्देश अनुसार गर्नुपर्ने हुन्छ। तर युट्युब भिडियो सबैका लागि सही नहुन सक्छ।
 - छिटो नजिता खोज्दा त्यसले नकारात्मक परिणाम दिन सक्छ। त्यसैले अव्यवस्थित रुपले नभई व्यवस्थित तरिकाले जिम गर्नुपर्छ।
 - युट्युब हेरेर नभई तालिम प्राप्त प्रशिक्षकबाट नै जिम गर्नुपर्छ।
 - प्रशिक्षकबाट जिम सिकेपछि मात्र युट्युबमा राखिएका भिडियोलाई बुझेर गर्न सकिन्छ।
 
जिम गर्दा गरिने गल्तीहरु के के छन् ?
- जिम गर्ने कतिपयले आफ्नै तरिकाले व्यायाम गरिरहेका हुन्छन्, त्यो गलत हो।
 - प्रि वर्कआउट र पोष्ट वर्कआउटपछि खाने खोनकुराहरु पनि आफ्नो हिसाबले खानु अर्को गल्ती हो।
 - पोषणको योजना बनाउन निकै आवश्यक छ। तर अधिकांशले बिना योजना व्यायाम मात्र गर्छन्।
 - पोषण र व्यायामको तालमेल मिलाउनुपर्छ। तब मात्र नतिजा राम्रो आउँछ।
 
बडी बिल्डिङ गर्न चाहने र शरीरको तौल घटाउन चाहने व्यक्तिले जिमसँगै कस्तो खानपिन गर्नुपर्छ ?
- बडी बिल्डिङ गर्न चाहनेले प्रशिक्षकले दिएको निर्देश अनुसार मात्र परिणाम मिलाएर खानुपर्छ।
 - बिहान उठेदेखि बेलुकीसम्म खाने हरेक खानेकुरा योजना बनाएर मात्र खानुपर्छ।
 - शरीर घटाउन चाहनेले जंक तथा फास्ट फुड, चिनी, मैदा भएका खानेकुरा खानु हुँदैन।
 - प्रोटिनयुक्त खानेकुराहरु गेडागुडी, सागपात, फलफूल, सलादमा बढी जोड दिनुपर्छ।
 - एकै पटक धेरै खानेकुरा खानुभन्दा थोरै थोरै गरी मात्रा मिलाए खानुपर्छ।
 - धेरै क्यालोरी भएका खानेकुरा खानु हुँदैन।
 
अन्त्यमा यहाँको सुझाव के छन् ?
- व्यवस्थित तरिकाले गरिएको व्यायामले कहिले पनि शरीरलाई खराब गर्दैन।
 - अव्यस्थित तरिका र आफूखुशी गरिएका जिमले मात्र शरीरलाई बेफाइदा गर्छ।
 - तालिम प्राप्त जिम प्रशिक्षकको सल्लाह अनुसार मात्र जिमको सुरुवात गर्नुपर्छ।
 
                    
                                        
                                                                                                
        








        




























