काठमाडौं / सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा २०७७ फागुन २३ गते गरेको फैसला निर्वाचन  आयोगमा कार्यालय समयमा नै पुगेर फागुन २३ गते नै दर्ता भएको छ । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला  प्राप्त भएको जानकारी दिएका थिए । 

OM Sai Pathibhara Hospital

आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ ।” 

सर्वोच्च अदालको फैसला र निर्वाचन आयोगको यसै सूचनालाई आधार मानेर पूर्व नेकपा एमालेका  जिल्ला, स्थानीय तहका कार्यकर्ताहरूले २०७७ फागुन २४ गते विहानैदेखि नेकपाको साइनबोर्ड फालेर सूर्य चिन्ह सहितको एमालेको साइनबोर्ड राखेर खुसी साटासाट गर्न थालेको खबरहरू जताततैबाट प्राप्त भएका छन् ।