विराटनगर / सर्वोच्च अदालतको फैसलापछि नेकपाको दुई समुहमा विवाद जारी रहेकै बेला ओली समुहका कार्यकर्ताले विराटनगरको पान्चाली स्थित कार्यालय कब्जा गरी एमाले व्युतिएको सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

ओली पक्षीय समुहले विराटनगरमा रहेको नेकपाको कार्यालयमा बोर्ड नै समेत परिवर्तन गरेका छन् ।  

OM Sai Pathibhara Hospital

आईतवार सर्वोच्च अदालतको आदेश लगत्तै पुर्व एमाले व्यतिएको भन्दै उनीहरुले विराटनगर–१२ मा रहेको नेकपाको कार्यालय कब्जा गरी एमालेको वोर्ड नै परिवर्तन गरेर नेकपा (एमाले) पार्टी संचालनमा आएको सन्देश दिएका हुन् ।

नेकपाको अर्को समुह प्रचण्ड – नेपाल समुहले भने ओली समुहको यो हर्कत लाजमर्दो भएको बताएका छन् । उनीहरुले ओली अनि उनको समुहमा रहेकाले सत्ता अनि शक्तिको दुरुपयोग गर्दै अनेकौं हर्कत गरिरहेको बताएका छन् ।