बिर्तामोड/  पुर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री एउटै समयमा भारतको पश्चिम बंगाल क्षेत्रमा पुगेपछि यो भ्रमणलाई राजनितिक वृत्तमा शंकाको नजरले हेर्न थालिएको छ । शाह आकस्मिक रुपमा भारत भ्रमणमा निस्किए लगत्तै भारतीय प्रधानमन्त्री सहित सत्तारुढ भारतीय जनता पार्टीका शिर्ष नेताहरुको पनि सोही क्षेत्रमा चहलपहल बढ्ने भएपछि यो भ्रमणलाई नेपालको राजनितिमा शंकाको नजरले हेर्न थालिएको हो ।

नितान्त पारिवारीक अनि निजी भेट र भ्रमणका लागि भन्दै गएका शाह उनी निकटको समुह भारतको पश्चिम बंगालमा नै रहेका वेला सोहि क्षेत्रमा भारतीय सत्तारुढ दलका प्रभावशाली नेताको उपस्थिति देखिनु र प्रधानमन्त्री मोदी समेत सोही क्षेत्रमा भ्रमणमा निस्किने सुचि सार्वजनिक हुनुले यो भ्रमण शंकाको घेरामा तानिएको हो । नेपाल भित्रको आन्तरीक राजनिति संकटमा पुग्या बेला भएको शाह परिवारको भ्रमणलाई नेपालको राजनीतिसँग समेत जोडेर हेर्न थालिएपनि यो विषयमा भने पूर्वराजपरिवार सदस्य र उनीहरु निकटको कुनै भनाई भने औपचारीक रुपमा सार्वजनिक भएको छैन ।

OM Sai Pathibhara Hospital

निजी भ्रमणका क्रममा भन्दै पुर्व राजा एक्लै भने गएका छैनन , उनी पत्नी कोमल शाह सहित पारिवारीक सदस्यहरुको जम्बो टोली साथमै लिएर पश्चिम बंगाल पुगेका उनी केहि दिन पहिला दार्जीलिंगको सपिङ महल र दार्जीलिङको सडकमा घुम्दै गरेको तस्विर सामाजिक संजालमा देखिएको थियो । पुर्व राजा भारतको पश्चिम बंगालमा बसेर घुमघाममा व्यस्त रहेको समयमा नै भारतीय सत्तारुढ दलका शिर्ष नेताहरु पनि चुनावी कार्यक्रमका लागि भन्दै सो क्षेत्रमा देखिन थालेपछि राजनितिक वृत्तमा शंकाले हेरिएको हो ।

पुर्व राजपरिवारको भ्रारत भ्रमणको समय तालिका पश्चिम बंगालको चुनावी तालिका सँग मेल खाएकाले मात्रै शंकाको ठाउँ मिलेको पुर्व दरवार निकट व्यक्ति र अधिकारीको भनाई छ । गुप्तचर खबरले भ्रमणको विषयमा देखाएको चासो लाई सम्वोधन गर्दै पुर्व राजपरिवार निकट एक व्यक्ति भन्छन् – व्यक्तिगत भ्रमणमात्रै हो  , यो पटक संयोगले एउटै समय परेको मात्रै हो , त्यो भन्दा वाँकी कुनै कुरा छैन । राजनितिक कुरा अनि विषयसँग पुर्व राजा अनि सो परिवारका कोहिको पनि भारतीय अधिकारीसँग भेट्ने अनि छलफल गर्ने कुनै कार्यक्रम छैन ।

तर दरवार निकटको भनाई सँग नेपाली राजनितिक क्षेत्रका जानकारहरु भने सहमत देखिएका छैनन् । उनीहरुले दिल्ली जाँदा भेटघाटमा समस्या हुने भएकाले नै पुर्व राजा अनि राजपरिवारका सदस्यले पश्चिम बंगालको निर्वाचन मिति सँगै मिलाएर भ्रमण थाल्नुलाई अर्थपूर्ण रुपमा लिन सकिने उनीहरु तर्क गर्छन । पश्चिम बंगालको निर्वाचनको तयारी भईरहेका वेला निर्वाचनका लागि आएका भारतीय सत्तारुढ दलका शिर्ष नेता  अनि प्रधानमन्त्री मोदी सँग समेत भेट्न सहज बनाउनकै लागि पुर्व राजा शाहले पश्चिम बंगालको सिलगुढी रोजेको उनीहरुको भनाई छ ।

गत १९ गते करिव एक साताको भ्रमण भनेर झापाको दमकबाट पश्चिम वंगाल पुगेको पुर्व राजपरिवारको टोली उत्तर प्रदेश जाने कार्यक्रम रहेको भनिएपनि सो विषमा उनको निजी सचिवालयबाट भने कुनै तालिका सार्वजनिक भएको छैन । पश्चिम बंगालसहित भारतका केहि ठाउँमा घुमेर सो टोली पुन दमक नै फर्किने दरवार निकट स्रोतको भनाई छ । स्रोत भन्छ– पुर्व राजाको सवै कुरा गोप्य नै हुन्छ तर हिडडुलमा रहेका बेला आकस्मिक अवस्थामा भेट हुन बाहेक औपचारीक भेटघाटको भने कुनै तालिका छैन ।