बिर्तामोड / खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर  हालसम्म कसैलाई पनि गम्भीर खालको असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २ हजार १ सय ६७ जनालाई सामान्य प्रकारको असरहरु देखिएका छन्। ९ जनालाई उच्च ज्वरो देखिएको थियो। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। 

OM Sai Pathibhara Hospital

खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु :

  •  सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
  • थकाई र आलस्य महसुस हुने
  •  ज्वरो आउने तथा टाउको दुख्ने
  •  वाकवाकी हुने, वान्ता आउने
  • माशंपेशी वा जोर्नी दुख्ने
  • फ्लुको जस्तो लक्षण देखिने

यस किसिमको सामान्य असरहरुले खोप लिने व्यक्तिहरुको स्वास्थ्यमा गम्भिर असर पर्दैन । यी असरहरु विस्तारै आफैँ कम भएर जान्छन्।

गम्भीर असरहरु:

  •  सबै खोपहरु सुरक्षित हुन्छन्। यद्यपि खोपबाट विरलै मात्र हुने असरको रुपमा एनाफाइलाक्सिस हुन सक्छ।
  •  यो गम्भिर प्रकारको असर हो, जसलाई एजर्जीक प्रतिक्रिया भनिन्छ। यस प्रकारको असर देखा परेमा यसको तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्दछ।
  • प्रत्येक खोप केन्द्रमा एनाइफालेक्सिस व्यवस्थापन गर्न पूर्व तयारी गरिएको छ।