बिर्तामोड/ पुर्नस्थापति संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । गत पुस ५ गते विघटनभएको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुर्नस्थापित भएपछि अदालतले दिएको समयसिमा भित्रै बैठक बस्न लागेको हो । आजका लागि वैठकको तयारी भएको भएपनि सभामुख अग्निप्रसाद सापकोटाले भने बैठकका एजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने यो समाचार तयार पार्दा सम्म बोलाएका छैनन् ।
आजका लागि तय भएको वैठक दिउँसो ४ बजे बस्ने कार्याक्रम रहेको छ । आजबाट सुरु हुने अधिवेशनक्रममा प्रधानमन्त्रीका विरुद्द अविस्वासको प्रस्ताव दर्ता भएमा सो विषयमा कारवाही अघि बढाउने। गरी सभामुखले तयारी गरेको बताईएको छ । नेकपाको प्रचण्ड–नेपाल समुहले प्रस्ताव तयार गरे प्रधानमन्त्रीले यो अधिवेशनको अन्त्य सम्ममा विस्वासको मत लिनु पर्ने अन्यथा नयाँ सरकारको गठन प्रकृया आरम्भ हुने कानुनी व्यवस्था रहेको छ । संसदको अधिवेषन सुरु हुने तयारी सँगैं नेकपाको प्रचण्ड –नेपाल समुह भने राजीनामा नदिए आज नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको छ ।
संसद् पुनस्र्थापना भएपछि पनि प्रधानमन्त्रीको राजीनामा नआएपछि अबको बाटो कसरी तय गर्ने भन्ने विषयमा प्रचण्ड नेपाल समुहले कांग्रेस र जसपासँग सहमति जुटाउन नसक्दा प्रधानमन्त्रीको विषय नै पेचिलो बनेको छ । नेकपाका दुवै समुह कांग्रेस र जसपाको अन्तिम निर्णयको पर्खाइमा बसेका लै नै यो विषय थप पेचिलो बनेको हो ।
नेकपाको दाहाल–नेपाल समूहले असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रमुख माग राखेको छ। प्रधानमन्त्रीबाट राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउने दाबी सो समुहको रहेको छ । उता नेकपाकै अर्को समुहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भने राजिनामा नै दिने पक्षमा रहेका छैनन् । उनले शनिबार संसदीय दलको बैठक बोलाएर आफूले राजीनामा नदिने स्पष्ट पार्दै संसद्मा त्यहीअनुसार प्रस्तुत हुन सांसदहरूलाई निर्देशन समेत दिएका छन्ु ।
राजीनामा दिन नमानिरहेका प्रधानमन्त्री विरुद्द आज अविश्वासको प्रस्ताव दर्ता हुन नसके उनले एकै दिनमा संसद् अधिवेशन अन्त्य गर्न पनि सक्ने भयले प्रचण्ड नेपाल समुह उनीमाथि थप ससंकित समेत बनेको छ ।