बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । विप्लव समूह र सरकारबीच भएको सहमति पत्रमा हस्ताक्षर पछि शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूहरू वर्षौदेखि सम्पर्कैमा रहेको जनाएका छन् ।
‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’
‘रातारात भनेको पढ्या थिएँ। वर्षौंदेखि वार्ता चलेको थियो। नगरा बजाएर वार्ता गरेनौँ। वार्ता नै गर्यौँ। यस विश्वासको थालनी ८–१० वर्ष भयो होला। हामीले घण्टौँ नै छलफल गरेका थियौँ। म प्रति उहाँको विश्वास त्यसै समयदेखि जागेको थियो सायद। तीवटा बुँदा काफी हो।’
उनले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याएको दाबी गर्दै उहाँहरू पनि आइसक्नु भएको भन्दै केही भाषा मिलाउनुपर्ने बताए।
‘मैले अंग्रेजले जसरी अंग्रेजी बोल्न सक्दिनँ। अंग्रेजले नेपालीले जस्तै नेपाली बोल्न सक्दैन। भाषा मिलाउनुपर्ने छ,’ ओलीले अंग्रेजको लबजमा नेपाली गीतसमेत गाएका थिए। ‘एउटा अंग्रेजले गीत गाथ्यो, ‘तिम्रो बाउ, मेरो बाउ माछा मार्न गयो’ गाउन त जान्यो नेपाली भाषा समात्न सकेन। त्यसैल भाषाहरू एकत्रित गर्न गाह्रो छ।’