बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्दको अविस्वासको प्रस्ताव र नयाँ सरकार बनाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसले आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।
बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा हुने बताईएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने एजेन्डा रहेको जानकारी गराएकी छन्। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।
प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो विषयमा सांसदको राय लिइने बताइएको छ ।
पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजे बस्ने कार्यक्रम रहेको छ ।