बिर्तामोड / सरकार र प्रतिवन्धित नेकपाबिचको वार्ता सफल भएसँगै विगत दुई वर्ष देखि भुमिगत रहँदै आएका नेद्र विक्रम चन्द विप्लव नवलपरासीबाट सार्वजनिक भएका छन् । आज काठमाण्डौको राष्ट्रिय सभा गृहमा हुने सरकार र विप्लवबिचको कार्यक्रममा सहभागि हुन उनी सार्वजनिक हुने भएका हुन् । सरकार र सो समुहबिचको सम्झौता घोषणाका लागि प्रधानमन्त्री र विप्लव दुवैले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 


OM Sai Pathibhara Hospital

आज हुने कार्यक्रममा सहभागि हुन विप्लव विहान नवलपरासीमा आफ्ना कार्यकर्तासँगै देखिएका हुन् । सामाजिक संजालमा उपलब्ध तश्विरमा उनी निकै हँसिलो मुद्रामा कार्यकता सँगै देखिएका छन् । विहान करिव ४ बजे कार्यकर्ता सहित पुर्वी नवलपरासीमा देखा परेका विप्लव भारतबाट नेपाल आएको अनुमान गरिएको छ । काठमाण्डौमा हुने कार्यक्रममा सहभागिताका लागि आएका उनलाई कार्यकर्ताले रातो टिका लगाएर विदाई गरेका थिए । 


विहान करिव ६ बजे तिर उनलाई कडा सुरक्षासहित सुरक्षाकर्मीले काठमाण्डौ लिएर गएका छन् । सरकारले विप्लवलाई काठमाण्डौ लान हेलिकप्टरको नै व्यवस्थापन मिलाएको भएपनि विप्लवले सो कुरा अस्विकार गरेपछि गाडी प्रयोग गरेको बताईएको बछ । काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा मार्फत सार्वजनिक हुने छन् ।