काठमाण्डौं / विप्लव नेतृत्वको नेकपा र सरकार बीच तीन बुदे सहमति भएको छ । बिहिबार बिहान भएको वार्तामा दुई पक्ष बीच सहमति भएको हो । सहमतिको पूर्ण विवरण भने भोली (शुक्रबार) दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी सार्बजनिक गरिने समझदारी भएको पनि बताइएको छ । 

बिहिबार भएको वार्तापछि दुबै टोलीका संयोजकले जारी गरेको विज्ञप्तिमा भोलीको विशेष समारोहमा प्रधानमन्त्री केपि शर्मा ओली र नेत्र विक्रम चन्द (विप्लव) को उपस्थिती रहने र सोही कार्यक्रमबाट सम्झौता सार्बजनिक गरिने उल्लेख छ । बिहिबारको वार्तामा भएको सहमति अनुसार नेकपामाथि २०७५ साल फागुन २८ देखि जारी प्रतिवन्ध फुकुवा गर्ने, सो पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, बन्दी रिहाई गर्ने र मुद्धा खारेज गर्ने सहमति भएको छ ।

OM Sai Pathibhara Hospital

विज्ञप्तिमा सरकारी वार्ता टोलीका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र नेकपाका तर्फबाट खड्ग बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।