काठमाडौं । संसारले यो बर्ष कोरोना भाईरस महामारीबाट छुटकारा नपाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै यो बर्ष विश्वलाई कोरोना विरुद्धको लडाईँमा सफल्ता मिल्नेछ भनेर सोच्नु गलत रहेको बताएको हो ।

डब्लूएचओले भनेका छन्, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’

OM Sai Pathibhara Hospital

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११।४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै अफ्रिकी राष्ट्रहरुमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घनालगायत देशमा खोप अभियान सुरु गरिएको छ ।