काठमाडौं  / नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।

यही फागुन ९, १० र ११ गते एमबिबिएस र बिडिएसका विद्यार्थीले परीक्षा दिएका थिए।

OM Sai Pathibhara Hospital

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले एमबिबिएका १ हजार १६४ जना र बिडिएसका २१० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिए। उनले तीमध्ये एमबिबिएसमा ६५४ र बिडिएसमा ९४ जना विद्यार्थी उत्तीर्ण भएको बताए।

हाल मेडिकल काउन्सिलमा एमबिबिएमा २४ हजार ८१४ र बिडिएसमा ३ हजार ६६३ गरी २८ हजार ४७७ जना चिकित्सक दर्ता भएका छन्।