बिर्तामोड ।  पछिल्लो २४ घन्टामा देशभर ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जना संक्रमित थपिएका हुन्। यस्तै, यस समयमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा २४ घन्टामा ४२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। हाल देशभर  एक हजार ६ सय ३ जना कोरोनाका संक्रिय संक्रमित रहेको विवरणमा उल्लेख गरिएको छ।