बिर्तामोड । हाम्रो भान्सामा प्रायजसो दैनिक उपयोग हुने पानी पालक कुनै नौलो सब्जी होइन। पानीपालक एक प्रकारको साग हो । यो साग हामीले नियमित रुपमा खान सकेमा हाम्रो स्वस्थ्यका लागि फाइदा हुन्छ। 


OM Sai Pathibhara Hospital

पानी पालकका फाइदाहरु 

  •  कोलस्टेरोल बढी हुने र कलेजको समस्या हुनेलाई पानी पालक अती उपयोगी मानिन्छ। 
  •  मुटु सम्बन्धी समस्या हुनेलाई पानी पालक नियमित खाँदा राम्रो हुनेछ।
  •  क्यान्सर हुनबाट जोगाउन पनि पानी पालकले केही हदसम्म मद्दत पुर्योएको हुन्छ।
  •  आँखाका लागि पनि पानी पालक अती उत्तम हरियो सब्जी मानिन्छ। 
  • हाड्डीको दीर्घ विकासका लागि पानी पालक राम्रो तरकारी हो। 
  • अल्सर बिरामीलाई पनि पानी पालक लाभदायक हो। 
  • मासिकश्रावको दुखाइलाई कम गर्न मद्दत गर्छ। 
  • दाँतको दुखाइ कम गर्न पनि पानी पालकले राम्रो भूमिका खेलेको हुन्छ। 
  •  मुत्रनली सम्बन्धी समस्या हुनेले पनि नियमित पानी पालक खाँदा राम्रो। 
  •  नाकबाट रगत आउने समस्या हुने व्यक्तिलाई पनि फाइदाजनक छ। 
  • छाला सम्बन्धी समस्या हुनेलाई पानी पालक उत्तम मानिन्छ। 
  •  कपालका लागि पनि पानी पालक राम्रो मानिन्छ। 
  • ग्लुटिन फ्री खाना भएकाले सबैका लागि फाइदाजनक मानिन्छ। 
  • गर्भवतीका लागि राम्रो सब्जी पानी पालक हो। 
  •  पानी पालकले भोक जगाउने काममा निकै मद्दत पुर्याउछ। 
  • तनाव कम गर्न मद्त पुर्याउछ। 
  • मस्तिक सम्बन्धी समस्या निदान गर्नुका साथै सम्झना शक्तीमा उल्लेख्य फाइदा पुर्याउछ। 
  • बढ्दो उमेरका बच्चाको लागि पनि उपयोगी मानिन्छ।