बिर्तामोड /  मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ ।  सुगरबाट छुटकारा पाउन अपनाउनु पर्ने केहि घरेलु उपचार विधिहरु यस प्रकार छन् ।


OM Sai Pathibhara Hospital

- मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।


-  भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ।


-  गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी समेत टाढा हुन्छ ।


- लौका, परवल, मेवा आदीको सेवन गर्नुपर्छ गर्नुपर्छ । शलगमको सेवनले रगतमा चिनीको मात्रा कम हुन थाल्छ । त्यसैले सलगमको सब्जी, परौठा, सलाद आदी परिकार बनाएर स्वाद परिवर्तन गर्दै लिन सक्नुहुन्छ।


- मधुमेहको उपचारमा जामुन एक पारम्परिक औषधी हो । जामुनलाई मधुमेहका रोगीको फल भन्दा अतिशयोक्ति हुँदै किनभने यसको दाना, बोक्रा, रस र गुदी सबै मधुमेहको बिरामीको लागि फाइदाकारी हुन्छ । मौसम अनुरुप जामुको सेवन औषधिको रुपमा गर्नुपर्छ ।


(जामुनको दाना संगालेर एकत्रित गर्नु । यसको बिजमा जाम्बोलिन नामक तत्व पाइन्छ जसले स्टार्चलाई चिनीमा बदल्नबाट रोक्छ । जामुनको दानाको चूर्ण बनाएर राख्नु । दिनमा दुई तीन पटक तीन ग्रामको मात्रामा पानीको साथमा सेवन गर्नाले पिसाबमा सुगरको मात्रा कम हुन्छ ।


- मधुमेहको उपचारको लागि मेथीदानको प्रयोगको पनि धेरै चर्चा छ । औषधि कम्पनीहरु मेथीको पाउडरलाई बजारसम्म ल्याएका छन् । यसले पुरानो मधुमेह पनि ठिक हुन्छ ।


- गहुँको विरुवामा रोगनाशक गुण हुन्छ । गहुँको सानासाना अंकुरको रसले घातक रोगहरुलाई पनि निको बनाउँछ । यसको रस मानिसको रगतसँग चालिसप्रतिशत मेल खान्छ ।


- नियमित रुपले दुई चम्चा निमको रस, पत्तागोभीको रसको चारचम्चा दैनिक बिहान बेलुका लिनुहोस । त्यस्तै अमलाको रस चार चम्चा, गुडमारको पत्ताको काडा बिहान बेलुका लिन पनि मधुमेह नियन्त्रणको लागि रामवाण उपचार हो