काठमाण्डौ / पूर्व युवराज्ञी हिमानी शाह निजी क्षेत्रको व्यापार उद्घाटनमा देखिएकी छन् । उनी राजधानिको लबिम मलमा रहेको अनानिक ब्यूटी सलोनको उद्घाटन कार्यक्रममा उपस्थित भएकी हुन् । सलोनको उद्घाटन गर्न पुगेकी हिमानीले सलोनको सेवा समेत लिएकी थिईन । 

क्यानडाबाट शुरु भएको सलोनको उद्घाटन कार्यक्रमका अवसरमा सञ्चालक सुरवीन बान्तावाले सौन्दर्य व्यवसायको गुणस्तरीयता कायम गर्दै ब्यावसायिकतामा जोड दिने प्रतिबद्धता कम्पनीको रहेको वताएका छन् । पूर्व युवराज्ञी हिमानीबाट शुभारम्भ गराउने आफ्नो धोको पूरा भएकोमा उनले खुशी समेत व्यक्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

सन् २००८ मा क्यानडाबाट सुरु भएको अनानिक काठमाडौंमा सन् २०१३ देखि सञ्चालनमा आएको हो । अनानिकको व्यावसायिक यात्राले नेपालमा छोटो समयमै आफ्ना ग्राहकमाझ लोकप्रिय बन्न सफल भएको संचालक सुरविनले दावी समेत गरेका छन्। काठ्माडौंका विभिन्न स्थान र पोखरामा रहेको सेलोनका देशका मुख्य शहरमा अन्य पाँच वटा आउटलेट विस्तारको तयारी समेत भएको उनले जानकारी समेत गराएका छन् ।