काठमाडौँ ।  हाम्रो जीवनमा हजुरबा–हजुरआमाको साथमा बिताएको पल निकै यादगार हुन्छ । बच्चाको उचित विकास र स्याहारमा हजुरबा–हजुरआमाको भूमिका निकै महत्वपूर्ण मानिन्छ । हजुरबा – हजुरआमाको साथमा हुर्किएका बच्चामा एक विशेष किसिमको सम्झारी तथा संवेदनशिलताको विकास भएको हुन्छ । यही कारण यस वातावरणमा हुर्केको बच्चा खुसी, मिलनसार र दयालु स्वभावका हुन्छन् । उनीहरुको साथमा परिवारको भावनालाई बुझने विशेष कला हुन्छ ।


OM Sai Pathibhara Hospital

आजभोली जसरी शरहको विकास भइरहेको छ । त्यसरी नै मानिसहरुको घर तथा कोठा साघँुरिदै गएको छ । जसको कारण सबै मानिसहरु सानो परिवारमा रमाउने गरेका छन् । जहाँ हजुरबुबा र हजुरआमा हुँदैनन । विज्ञान भन्छ, जो बालबालिका आफ्नोे हजुरबुबा–हजुरआमाको साथमा हुर्केका हुन्छन् । उनीहरुको स्वभाव अन्य बालबालिका भन्दा स्वत : फरक हुन्छ । हजुरबा हजुरआमासँग हुर्नेका बच्च किन फरक हुन्छन् त ?


बच्चाहरु खुसी र सुरक्षित रहन्छन्

जागिर खाएका अभिभावकको बच्चालाई हेर्न विशेष गरी हजुरबा र हजुरआमा हुने गरेका छन् । जसको कारण अन्य मानिसहरुको आवश्यकता नै हुँदैन । बच्चाको स्याहारको लागि राखेका अन्य मानिसहरुले बच्चाको मात्र स्याहार गर्छन भने हजुरबा हजुरआमाले उनीहरुलाई स्याहारको साथमा व्यवहार र असल बानी पनि सिकाउने गर्छन । साथै उनीहरुको साथमा बच्चाहरु खुसी देखिन्छ साथै सुरक्षित हुन्छन् ।


पारिवारिक गुण र इतिहास सिकाउँछन्

हजुरबा हजुरआमाले आफ्नो नाता नातिनीहरुलाई आफ्नो परिवारको इतिहास बताउँछन् । उनीहरुले भावनात्मक चीजहरुको महत्वलाई बुझाउँछन् । उनीहरुले सिकाएको पारिवारिक भावनाले बच्चहरुमा माया, स्नेह,सेवा लगायतका मानविय गुणको विकास हुन्छ । जसको कारण बच्चाहरुले आफ्नो परिस्थिति अनुसार चल्न सिक्छन् ।


भावनात्मक रुपमा बलियो बन्छन्

आफ्नो हजुरबा–हजुरआमाको काखमा हुर्किएका बच्चाहरु भावनात्मक रुपमा बलिया हुन्छन् । उनीहरुले व्यवहारिक रुपमा कसरी अगाडी बढ्ने भन्ने कुराको ज्ञान पाएका हुन्छन् । भोलीका दिनमा के के समस्या आइलाग्न सक्छन् भन्ने विषयलाई पनि बुझेका हुन्छन् । अक्सफोर्ड विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार हजुरबा–हजुरआमाको साथमा रहेका बच्चाहरु एक्लोपन, चिन्ता र उदासिनता जस्ता समस्याबाट कम पीडित हुन्छन् । उनीहरुले जीवनमा आइ परेका समस्यालाई कसरी समाधान गर्ने विषयको ज्ञान पाएका हुनछन् ।


नैतिक गुण

मूख्य रुपमा आमा बुबाले बच्चाहरुलाई नैतिक गुण र संस्कार सिकाउँछन् । हजुरबा हजुरआमाले भने त्यसको महत्व र जगेर्णा गर्न सिकाउँछन् । उनीहरुले इतिहाससँग जोडिएका घटनाबाट कथात्मक रुपमा ज्ञान र संस्कार सिकाउने गर्छन । उनीहरुले सुनाएका नैतिक घटना र कथाले बच्चाहरुलाई छिटो प्रभाव पार्ने गर्दछ । जसको कारण उनीहरु नैतिकवान संस्कारी रुपमा विकास हुन मद्दत पुग्छ ।


पारिवारिक वातावारणमा हुर्केका बच्चाहरुको स्वाभव अन्य बच्चाहरुको तुलनामा निकै व्यवहारिक हुन्छ । हजुरबा हजुरआमाको साथमा रहेका बच्चाहरु आफैँमा खुसी हुन्छन् साथै नाता नातिनीहरुको साथमा रहेर हजुरबा हजुरआमा पनि खुसी हुन्छन् ।