काठमाडौँ । विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।


OM Sai Pathibhara Hospital

हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।


संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार दुई सय ८० जना पुगेको छ।


नेपालमा हालसम्म दुई लाख ७२ हजार दुई सय १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६८ हजार चार सय ३१ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाइसकेका छन् ।