यदि तपाईलाई पिरो खान मनपर्छ भने यो खुशीको खबर हुन सक्छ। खुर्सानीको नियमित सेवनले मुटुसम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने विभिन्न अध्ययनले समेत देखाएको छ।


OM Sai Pathibhara Hospital

अमेरिकन हार्ट एशोसिएसनको वैज्ञानिक सत्र सन् २०२० मा प्रस्तुत गरिएको एक अध्ययन अनुसार कालो मरिचको तुलनामा खुर्सानीले मुटु सम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने देखाएको थियो। 


अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो। उनीहरुको तुलना कहिले पनि वा एकदम कम खुर्सानी खाने व्यक्तिहरुसँग गरिएको थियो। 


खुर्सानीको नियमित सेवनले स्वास्थ्यमा हुने अन्य विभिन्न फाइदाहरु छन्। 


१. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ

रातो खुर्सानी, कालो मरिच भिटामिन ए को राम्रो स्रोत हो। यो एक बलियो प्रतिरक्षा प्रणालीको लागि आवश्यक छ। यसका साथै आँखाको स्वास्थ्यका लागि पनि खुर्सानी राम्रो मानिन्छ। खुर्सानीमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाईन्छ। कुनै पनि घाउ निको बनाउन पनि यसले मद्दत गर्दछ। 


२. फ्रि रेडिकल्सबाट सुरक्षा दिन्छ

भिटामिन ए एक शक्तिशाली एन्टीअक्सिडेण्ट हो। किनभने खुर्सानीमा बीटा क्यरोटिन, लुटेन, जेक्सानन्थिन र क्रिप्टोक्सान्थिन जस्ता कुराहरु यसमा हुने गर्छ। यी पदार्थहरुले तनाब र बिरामीहरुको क्रममा उत्पन्न हुने फ्रि रेडिकलको प्रभावबाट शरीरलाई जोगाउन मद्दत गर्दछ। फ्रि रेडिकल्सले शरीरमा भएको सेललाई क्षति गर्न सक्छ।


३. खराब कोलेस्ट्रोलको लेभललाई कम गर्न 

रातो खुर्सानीले रक्त कोलेस्ट्रोल, एडीएल कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सलाई कम गर्न मद्दत गर्दछ। रातो खुर्सानीले मुटुसम्बन्धी रोग र स्ट्रोकबाट हुने मृत्युलाई घटाउन समेत मद्दत गर्ने पाइएको छ।


४. मेटाबोलिजमलाई बढाउँछ

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडीसीका अनुसार दुई तिहाईभन्दा अधिक अमिेरिकी वयस्कहरु अधिक तौल भएका छन्। जसले उच्च रक्तचाप, टाइप २ मधुमेह र कोरोनरी धमनीका रोगको जोखिमलाई बढाउन सक्छ। खुर्सानीले मेटाबोलिजमलाई बढाउन र क्यालोरी बर्न गर्न मद्दत गर्दछ।