स्वास्थ्य

    Showing 951-960 of 2,504 items.
  • झाडापखालाले लियो चार वर्षे बालकको ज्यान

    खोटाङ— झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय दीपशनको मृत्यु भएको छ ।तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए ।बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए ।बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 583 पटक पढिएको
  • कोरियामा फेरि बढ्यो कोरोना कहर, एक हप्तामा दोब्बर भए संक्रमित

    काठमाडौं— दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस संक्रमितको सङ्ख्या बढेको बताएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो । समुदायभित्र कोभिड–१९ संक्रमणको सङ्ख्या मूल्याङ्कन

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 544 पटक पढिएको
  • अमेरिकामा नेपाली नर्स दुई हप्तादेखि वेपत्ता

    काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभी

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 371 पटक पढिएको
  • पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण

    काठमाडौँ- पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्। संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए। संक्रमित व्यक्ति ककसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लगाउन नमुना संकलन भइरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको थियो। यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 452 पटक पढिएको
  • मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

    काठमाडौं— विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ।यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए। बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 694 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशमा बढ्न थाल्यो डेंगु

    धनगढी— सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। बर्सातका बेला यो रोगको सङ्क्रमण बढ्ने गरेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार, हालसम्म २२९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ। सबैभन्दा बढी डोटीमा ५३ जनालाई डेङ्गु लागेको जनाइएको छ। कैलालीमा ४७, अछाममा ४५, कञ्चनपुरमा ३४, दार्चुलामा १८, बाजुरामा १६, डडेलधुरामा आठ, बैतडी र बझाङमा चार/चार जना डेङ्गु सङ्क्रमित भएका छन्। गर्मी र बर्सातको सिजनमा लामखुट्टेको वृत्तिविकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको छ। डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । एडिज

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 533 पटक पढिएको
  • हैजा संक्रमितको संख्या ५० पुग्यो, सबैभन्दा बढी ललितपुरमा ३८ जना

    काठमाडौं— नेपालमा हैजा स‌क्रमितको संख्या ५० पुगेको छ। स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौंमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ।  विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने/गराउने कार्य गरिरहेको जानकारी दिएको छ। ‘प्रभावित प्रदेश, जिल्ला र स

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 749 पटक पढिएको
  • स्वास्थ्य बीमाको दायरा पाँच लाख पुर्‍याउने स्वास्थ्यमन्त्रीको प्रस्ताव

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्। हाल स्वास्थ्य बीमाको सीमा एक लाख छ। स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बीमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलले बताएका छन्। आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको मन्त

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 596 पटक पढिएको
  • नेपालमा बढ्दै डेंगीको संक्रमण, ७३ जिल्लामा २,०६१ जना संक्रमित

    काठमाडौं–राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिन अघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट २,०६१ जना संक्रमित भएका छन् । आर्थिक वर्ष २०६०/६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा, २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 481 पटक पढिएको
  • देशभर हैजाका २५ बिरामी फेला, पानी उमालेर पिउन आग्रह

    काठमाडौं–देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हैजाका बिरामी फेला परेको जानकारी दिएका छन् । ललितपुरमा १६, काठमाडौँमा १, र कैलालीमा ८ जना हैजाका बिरामी छन्।हैजा एक अत्यन्त संक्रामक र शीघ्र फैलिने झाडापखाला हो, जसको मुख्य लक्षणमा पातलो पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, र वान्ता हुनेजस्ता रहेका छन् । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, र बेहोस हुन्छन् । हैजाका बिरामीलाई तुरुन्त अस्पताल नपुर्‍याए ५०

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 678 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.