स्वास्थ्य

    Showing 921-930 of 2,138 items.
  • भेरोसेल खोप अभाव, पहिलो र बुस्टर डोज रोक्न सरकारको निर्देशन

    काठमाडौं / ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन भनेको छ ।भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरूमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरू आक्रोशित हुँदै फर्किएका थिए ।बुधबारदेखि नै भेरोसेलको मात्र एउटा खोप केन्द्रलाई दुई सय डोज भन्दा कम पठाउन थालिएको पनि विभागले जनाएको छ ।सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम ग

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 216 पटक पढिएको
  • कोरोना भाइरसको परीक्षण शुल्क घट्यो

    काठमाडौँ /  सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनाको पीसीआर परीक्षण शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८००  रुपैयाँ लाग्ने छ, भने निजी प्रयोगशालाले १५ सय रुपैयाँ परीक्षण शुल्क लिन सक्नेछन् ।यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गरिएको एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 184 पटक पढिएको
  • २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि , ४ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सङ्क्रमति संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ४७ हजार ९२९ जना सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 146 पटक पढिएको
  • कोरोना परीक्षण शुल्क घट्यो

    काठमाडौं / सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको हो ।बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिएका छन् ।यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 87 पटक पढिएको
  • अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कारबाही गरिन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं / सरकारले अवैध रुपमा कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवै जनालाई कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गरेर अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कानून बमोजिक कडा कारबाही गर्ने जनाएको हो ।विभिन्न क्लिनिकहरुमा अवैध रुपमा कोरोना भाइरसविरुद्धको खोप बेच्ने तथा लगाउने गरिएको समाचारहरु बाहिरिन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । सरकारले कोभिड–१९ विरुद्धको खोप तथा बूस्टर डोज विभिन्न स्थानमा निःशूल्क लगाइरहेको छ ।मन्त्रालयमार्फत् जारी सूचनामा भनिएको छ, ‘अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कारबाह

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 107 पटक पढिएको
  • माघ ७ देखि खोप कार्ड अनिवार्य

    बिर्तामोड / सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ । सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो ।गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ ।साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ ।साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ । अनलाइनमार्फत जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 124 पटक पढिएको
  • खोप लगाएको कार्ड हराए के गर्ने यसो गर्नुस्

    बिर्तामोड /  सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ ।पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ ।त्यसैले अब खोप कार्ड हराए के गर्ने त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड हराएमा त्यसको प्रतिलिपि उपलब्ध गराउने भएको छ ।मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ ।पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप क

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 104 पटक पढिएको
  • मास्कमा कालोबजारी गर्ने दुईजना पक्राउ

    बिर्तामोड / मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका –१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 110 पटक पढिएको
  • अष्ट्रेलियाका तीन राज्यमा आपतकाल घोषणा

    एजेन्सी / अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै अष्ट्रेलियाका ओमिक्रोन संक्रमित राज्यहरुका लागि थप ५७ हजार स्वास्थ्यकर्मी परिचालन र्गिरएको छ ।अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलियामा दैनिक ७३ हजार कोरोना संक्रमित हुन थालेकाले ५७ हजार स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु गरिएको छ ।हिजो (मंगलबार) अष्ट्रेलियामा कोरोनाका कारण एकै दिन ७६ जनाको मृत्यु भएको थियो । जुन कोरोनाबाट एकै दिन

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 116 पटक पढिएको
  • कोशी अस्पतालका ४६ कर्मचारीलाई संक्रमण

    विराटनगर  / मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका २५ स्वास्थ्यकर्मीसहित आठ डाक्टर र १७ जना नर्स गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । डाक्टर दासका अनुसार संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।‘स्वास्थ्यकर्मी संक्रमित भएपछि सिफ्ट म्यानेजमेन्ट गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘सबै विभाग खुला छन्, तर काम गर्न जनशक्तिलाई संक्रमण देखिँदा गाह्रो भइरहेको छ ।’

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 121 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा