काठमाडौं–अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रूपमा मासु खाएर ३५ जना बिरामी भएका छन् । दीपक केसीले आइतबार देउराली पूजा गर्नुभएको थियो, जसमा मासु प्रसाद दिइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, आज बिहान थप सात जना बिरामी उपचारका लागि अस्पताल पुगेका छन् ।
अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, र शरीर दुख्ने लक्षण देखिएको जानकारी दिए । अहिले ३४ जनाको अर्घाखाँची अस्पतालमा र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान जारी रहेको छ ।