काठमाडौं: दशैँमा प्राय सबैले खाने खाने साझा खानेकुरा हो मासु। त्यसैले दशैँ र मासु पर्यावाची जस्तै लाग्छ। यसैले दशैंलाई टन्‍न मासु खाने पर्वको रुपम पनि लिने गरिन्छ।

दशैंको खास विशेषता भनेकै विभिन्न प्रकारका मासुको प्रकारहरु पकाएर खानु पनि हो।  तर लामो समय विदा हुने घरमानै वसेर मासु सहितका अन्य परिकारहरु आवश्यकता भन्दा बढी खाने गर्नाले दशैं पछि धेरै जना विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु लिएर अस्पताल जाने गरेको पाइन्छ।

OM Sai Pathibhara Hospital

अझै मधुमेह, उच्च रक्तचाप, र युरिक एसिड जस्ता दिर्घखालका स्वास्थ्य समस्या भएका बिरामीहरूले दशैँमा मासुका परिकार सहितका खानेकुरा खादा बिशेष सावधानी अपनाउनु राम्रो हुन्छ।

त्यसैले यस्ता स्वास्थ्य समस्या भएकाले  के खाने के नखाने ? दशैंमा सुरक्षित तरिकाले कसरी खाने ?

दशैं खुब खानपिन गर्ने, तास खेल्ने,रमाइलो गर्ने उत्सवको रूपमा लिने गरिन्छ।  त्यसैले प्राय: घर घरमा आफ्नो जात, संस्कृति र परम्परा अनुसार स्वादिष्ट पारम्परिक परिकारहरू पकाउने र खाने प्रचलन रहेको छ।

हाम्रो समाजमा पर्वको बेलामा अरु समयभन्दा अलि बढी मात्रामा, मिठो, गुलियो, नुनिलो र स्वादिलो खानाहरु र र साथमा मदिरा वा अन्य पेय पदार्थ खानुलाई नै भोज र रमाइलोको रुपमा लिने गरिन्छ।

तर, मधुमेह, उच्च रक्तचाप, मृगौला समस्याहरू, वा गाउट (उच्च युरिक एसिड भएका) जस्ता दीर्घकालीन अवस्था भएका व्यक्तिहरूका लागि, चाडपर्वको समयमा के खाने के नखाने भन्ने कुराले पिरोल्न थाल्छ।

तर हामीले रमाइलोको लागि खाइने खानेकुराहरुले हाम्रो स्वास्थ्यलाई कतै असर त गर्ने होइन भन्ने विषयमा ध्यान दिदैनौँ। त्यसैले लामो समयदेखी स्वास्थ्यमा समस्या भएकाहरूले आफ्नो स्वास्थ्य को लागि भोज र रमाइलोको बुझाई र परिभाषा बाट माथि उठेर र खानपिनमा परिवर्तन ल्याउनु आवश्यक छ।

दशैंमा सीमित मात्रामा मात्र खान मिल्ने वा सकभर खानै नहुने खानेकुराहरू के के हुन् त?

१. मांसाहारी खाना:

मटन, कुखुराको परिकार र बफमा संतृप्त फ्याट (saturated fat) धेरै हुन्छ, जसले मधुमेह, उच्च रक्तचाप, गाउट र मुटुको रोगलाई बिगार्न सक्छ, एलडीएल कोलेस्ट्रलको मात्रा बढाइदिन सक्छ।

२. तेल र भुटेको परिकार:

सेल रोटी, पुरी, भुजिया, पकोडा, र बारा, फ्राइ गरेको गरेको र तारेको मासुहरू जस्ता खानेकुराले कोलेस्ट्रल, ट्राइग्लिसराइड र वजन बढाउन सक्छ।

३. गुलियो परिकारहरू:

लालमोहन,जेरी र लड्डु जस्ता मिठाईहरूमा चिनी र बोसोको को मात्रा धेरै हुन्छ, जसले रगतमा चिनी र कोलेस्ट्रल तथा ट्राइग्लिसराइड को मात्रा बढाई दिन्छ।

४. दूध तथा डेरी उत्पादनहरू:

पनीर, खीर, हलुवा, र मिल्कसेकमा बोसो र चिनी को मात्रा धेरै हुन्छ, जसले हृदय र मृगौलालाई असर गर्छ।कोक वा फ्यान्टा जस्ता पेयमा चिनी र क्यालोरी धेरै हुन्छन्, जसले रगतमा चिनीको मात्रा बढाउँछ।

६. अत्याधिक नुनिलो खानेकुराहरू:

पापड, अचार र नुनिलो चटनीमा सोडियमको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउँछ र मृगौलाको समस्या बढाउन सक्छ।

दशैंमा स्वस्थकर खानामा समावेस गर्नै पर्ने खानेकुराहरु:

ताजा फलफूल र तरकारीहरू धेरै मात्रामा फाइबर भएका तरकारीहरू जस्तै: हरियो सागपात, र आफ्नो घर वरिपरि पाउने न्युरो, गुन्ड्रुक, पालुङ, धनिया पात जस्ता तरकारीलाई खानामा समावेश गर्न सकिन्छ भने फलफुल छान्नुपर्दा आधा स्याउ वा केरा, त्यस्तैगरी चेरी, किम्बु, ब्लुबेरी, ऐसेलु,काँक्रो,गाजर,नासपाती, किवी, अम्बा ,मेवा र अनार जस्ता कम चिनी भएका फलफूलहरू संयमित मात्रामा खान सकिन्छ।

अन्न: सेतो चामलको सट्टा, राम्रो फाइबर र पोषक तत्वको सेवनको लागि खैरो चामल वा सेतो चामल मात्र छ भने थोरै मात्रामा खान सकिन्छ,गहुँको रोटी एउटा दुईटा खान सकिन्छ।

मांसाहारी र शाकाहारीको लागि प्रोटीनहरू: मांसाहारी मन पराउनेहरूले छाला र बोसो बिनाको मासु थोरै मात्रामा खान सकिन्छ तर पकाउँदा कम तेलको प्रयोग गरी , ग्रिल वा बेक्ड चिकन, माछा, त्यस्तैगरी भेजिटेरियन हरूले राजमा, चना, तोफु र दाल जस्ता प्रोटिनयुक्त खाना खान सक्नुहुन्छ।

कम फ्याट भएको दूध र दूध जन्य पदार्थहरू (डेरी) : दशैं तिहारको बेलामा, मुटु, प्रेसर र उच्च कोलेस्ट्रोल भएका,मृगौलाका बिरामीहरूले खानामा क्यालोरी कम गर्न बोसोको प्रतिशत निर्धारण गरिएको डेरीको दूध,बोसोको मात्रा कम भएको दुध (स्किम्ड मिल्क)वा कम फ्याट भएको दही खान सकिन्छ।

ड्राइ फ्रुट्स: बीचमा भोक लागेमा खाजाको रूपमा एक मुट्ठी बदाम, ओखर, वा फ्ल्याक्ससीडले (आलस जसमा स्वस्थ बोसो हुन्छ र प्रोटिन प्रदान गर्न सक्छ।

पेय पदार्थमा: चिनी सक्खर बिनाको हर्बल पेयहरू, जस्तै ग्रीन टी वा तुलसी चियाले शरीरलाई हाइड्रेटेड राख्छ। क्याफिनयुक्त वा चिनीयुक्त पेय पदार्थहरु सकभर नखानुस् या खानु परेमा थोरै मात्रामा खान सकिन्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

स्वास्थ्यकर तरिकाले खाने तरिका 

खानपिनको पूर्व योजना बनाउनु राम्रो हुन्छ। यस्तै खानेकुरा खादा सानो साइजको प्लेट लिने।अरुले धेरै मात्रामा मासु खाँदा पनि म यति मात्रै खान्छु वा म थप्दिन। अरुले मदिरा पिउँदा पनि आफूले पिउदिन भन्ने निर्णय लिनु आवश्यक हुन्छ।अरुले कर गरे पनि नपिउने निर्णय गर्ने र आफूले आफ्नो बाचा पूरा गर्ने। सगुन वा पर्वको लागि पिउने भए कति पिउने संयमित भएर निर्णय गर्ने?

खाना वा खाजा खाँदा आफूले निर्णय गरेको कुराहरू सम्झिनुहोस् र त्यसमा अडिग रहनुहोस् अनि मात्रै सफलता हासिल हुन्छ।

सक्रिय रहनुहोस्:साथीहरूसँग खानुभन्दा पनि आफ्नो शारीरिक अवस्था अनुसार नाच्न र गाउनमा भाग लिनुहोस्।

जमघट भएको बेला पनि परिवारका सदस्यहरू वा साथीहरूसँग गफ गर्दै घर वरिपरि वाक गर्न हिँड्ने वा सम्भव भएमा हल्का शारीरिक व्यायाम , लामो समयसम्म एक ठाउँमा नबस्ने जस्ता गतिविधिहरू आफ्नो दैनिकीमा समावेश गर्नुहोस् ।यस्तो सानोसानो शारीरिक गतिविधिले पनि स्वस्थ रहनु सहयोग गर्छ।

आफ्नो खानपिनको योजनाको बारेमा भन्नुहोस्:परिवार र साथीभाइलाई आफूले खानेकुरामा के खान मिल्ने र के नमिल्ने भन्ने कुरा प्रष्ट रुपमा परिवारमा र साथीभाइहरूलाई आफ्नो खानपिनको सीमाको बारेमा भन्नुहोस।

जसले गर्दा कसैले तपाईँलाई कर गर्न सक्दैन,आफ्नो स्वास्थ्यको लागि लिनुभएको लक्ष्यहरू आफ्नो परिवार र साथीभाइसँग भन्नुहोस् र त्यही अनुरूप गर्नुहोस्, यसले गर्दा साथीहरूले चाडपर्वको आनन्द लिइरहँदा तपाईंलाई आफू खानपिनमा ट्र्याकमा रहन मद्दत गर्न सक्छन्।

प्लान गरेर वा ध्यान दिएर खाने: पर्वको बेलामा एक्कासी धेरै खानबाट बच्नको लागि आफूलाई कति भोक लागेको छ र म न्यूनतम कति खाँदा अघाउँछु भन्ने बारेमा राम्ररी ध्यान दिएर प्लान गरेर खाँदा ;कम खाइन्छ।

हाम्रो चाडपर्वहरूमा प्रायः खानपानमा मदिरा समावेश हुन्छ, तर दीर्घ रोग भएका बिरामीहरूले संयमता अपनाउनु आवश्यक छ।

मदिराले रगतमा चिनीको मात्रालाई अनियन्त्रित गर्न सक्छ, त्यसैले डाक्टरी सल्लाह अनुसार अलिकति पनि मदिराको सेवन नगर्नुहोस्।

तर पनिकतिपय समुदाय,जातिमा मदिरालाई दशैंको बेला सगुनको रूपमा प्रयोग गर्ने र पारिवारिक जमघटमा प्रयोग गरिने भएकोले, त्यस्तो अवस्थामा आफू संयमित भई थोरै मात्रामा पिउनुहोस् र खाली पेटमा कहिल्यै नपिउनु होस्।( लेखकको उद्देश्य रक्सी पिउन प्रोत्साहन गर्नु होइन।)

मदिरा सेवनले रक्तचाप बढाउन सक्छ, त्यसैले तपाईंको अवस्था बिग्रनबाट जोगिन सकभर तपाईँले मदिराको सेवन गर्नु हुँदैन वा सेवन गरिराख्नुभएको छ भने सेवन सीमित गर्न आवश्यक छ।

मृगौला फेल भएकाहरूले मदिराबाट टाढा रहनुपर्छ, किनकि यो मृगौलाको लागि अति नै हानिकारक हुन सक्छ।

रक्सी, विशेष गरी बियर, यूरिक एसिड स्तर बढाउन र गाउट ट्रिगर( एक्कासी दुख्न थाल्नु)गर्न सक्छ।

रक्सीको विकल्पमा के पिउने त ?

स्फूर्ति दिने मिन्ट, लेमोनेड वा घरमा बनाइने फलफुल सहितको जुस बनाएर पिउन सक्नुहुन्छ।

तातो कागती पानी: एक हाम्रो विकल्प को रूपमा प्रयोग गर्न सकिन्छ जसले पाचनलाई मद्दत गर्दछ र तपाईंलाई हाइड्रेटेड राख्छ।

हर्बल चिया:थोरै मात्रामा तुलसी चिया वा अदुवाको चिया जमघटमा रमाइलो गर्नको लागि उत्कृष्ट गैर-अल्कोहल विकल्प हुन सक्छ।

दशैंको समयमा सावधानीपूर्वक खानपिन छनौट गरेर, तपाइँ आफ्नो स्वास्थ्य समस्यालाई नियन्त्रणमा राख्दै चाडपर्वको बेलामा थोरै मात्रामा सबै किसिमको पारम्परिक परिकारहरूको स्वाद लिन सक्नुहुन्छ।

तर तपाइँ लाई कुनै चिकित्सकले तपाईंको रोग अनुसार कुनै विशेष खानेकुरा खान वा नखानलाई सल्लाह दिनुभएको छ भने , त्यसलाई पालन गर्नुहोला , हरेक रोग र हरेक बिरामी अनुसार खानपिन फरक हुन्छ।

सबैको लागि एउटै खानपिन को सल्लाह सही नहुन पनि सक्छ त्यसैले आफ्नो स्वास्थ्य समस्या अनुसार तपाइँको डाक्टर वा आहार विशेषज्ञसँग परामर्श लिनु एउटा राम्रो विकल्प हो।