स्वास्थ्य

    Showing 791-800 of 2,504 items.
  • जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

    जुम्ला । जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् । पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्याङ्कअनुसार करिब दुई सय बढी बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।तीन वर्षको तथ्याङ्क अनुसार जुम्लाकोट सबैभन्दा बढीले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन् । आव २०७९÷८० मा ३७, आव २०८०÷८१ मा ३३ र चालु आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीले

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 472 पटक पढिएको
  • मुख्यमन्त्रीलाई नटेर्ने सिभिल अस्पतालका सञ्चालक पक्राउ

    रौतहट  —  मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहको निर्देशन अटेर गरेपछि सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ परेका छन् । उनले निर्देशन विपरीत अस्पताल सञ्चालन गरेका सञ्चालक मध्यका राजन साहलाई (सोमबार) आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो।गत शनिबार साँझ मुख्यमन्त्री  सिंहले अस्पताल अनुगमनको क्रममा उक्त अस्पताल मापदण्ड विपरीत दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्ने निर्देशनसहित लिखित पत्र थमाएका थिए ।सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न मुख्य मन्त्री सिंहले दिएको निर्देशन विपरीत आज अस्पताल सञ्चालन गरेको जानकारी आ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 389 पटक पढिएको
  • पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

    पर्वत । जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।भवनको लागत मूल्यअभिवृद्धि करसहित रु नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा  उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना उपाध्यक्ष आचार्यले सुनाए । अस्पताल सञ्चालन भएपछि जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 427 पटक पढिएको
  • गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

    जनकपुरधाम । धनुषाको गणेशमान  चारनाथ नगरपालिकाले  गर्भवती तथा सुत्केरीका लागि निःशुल्क  एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । घरमा सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै यस्तो सेवा थालिएको हो । अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन एम्बुलेन्स सेवा सञ्चालन गरिएको नगर प्रमुख जितनारायण यादवले बताए । यो सेवाबाट आमा र शिशुको स्वास्थ्य निगरानी गर्न तथा परामर्श दिन सहयोग पुग्ने उनको तर्क छ । निकट भविष्यमा छिमेकी नगरपालिका तथा गाउँपालिकाका बिरामीलाई पनि यस्तो सेवा उपलव्ध गराउने योजना नगरपालिकाको रहेको उनले बताए ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 331 पटक पढिएको
  • सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

    वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ ।प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो । प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए । ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 490 पटक पढिएको
  • मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

    मनाङ । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ । उनले भने, ‘जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।’ मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गा

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 303 पटक पढिएको
  • ‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

    मङ्गलबारे (इलाम) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन् । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 378 पटक पढिएको
  • रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

    जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ ।चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो । अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो ।बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युत्को लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताए । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युत्को लाइन जडान गरी सञ्चालनमा ल्याउने तया

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 453 पटक पढिएको
  • हिमाली जिल्लामा एचपिभी खोप अभियान आइतबारदेखि सुरु हुने

    काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए ।स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपिभी खोप लगाइसकेका छन् । ब्रिफिङमा प्रवक्ता बुढाथोकील

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 423 पटक पढिएको
  • १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ ।शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नज

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.