स्वास्थ्य

    Showing 551-560 of 2,504 items.
  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं— जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौं मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.गोपाल सेडाइँले जानकारी दिए। अहिले काठमाडौंका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहर

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 670 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार

    काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 577 पटक पढिएको
  • निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

    बाजुरा— बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो ।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।२२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्र

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 566 पटक पढिएको
  • ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

    ललितपुर— ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए । ‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो ।’उनका अनुसार यसअघि नै सोही क्षेत

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 488 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 568 पटक पढिएको
  • बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

    काठमाडौं— स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । सेवा निरन्तरताका ल

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 649 पटक पढिएको
  • भेरी अस्पतालमा मस्तिष्कघातको उपचारमा ठूलो राहत, महँगो 'अल्टेप्लेज' इन्जेक्सन अब निःशुल्क

    नेपालगन्ज— अबदेखि भेरी अस्पताल, नेपालगन्जमा मस्तिष्कघात भएका बिरामीहरूले महँगो ुअल्टेप्लेजु इन्जेक्सन निःशुल्क पाउने भएका छन्। यो इन्जेक्सन समयमै दिन सके बिरामीलाई प्यारालाइसिस हुनबाट बचाउन सकिने र उनीहरू धेरै हदसम्म सामान्य जीवनमा फर्किन सक्ने अस्पतालका प्रमुख फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए ।डा. पाण्डेले भने, “मस्तिष्कघातको संकेत देखिएपछि साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके यो इन्जेक्सन अत्यन्त प्रभावकारी हुन्छ।” उनले थपे, “समयमै उपचार हुन सके बिरामीको ज्यान मात्र हैन, जीवनशैली पनि जोगिन्छ।”८० हजार रुपैयाँ पर्ने यो औषधी सबैका लागि पहुँचमा नपुग्ने भएकाले भेर

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 452 पटक पढिएको
  • दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

    जनकपुर— महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो । मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्या

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 631 पटक पढिएको
  • आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

    काठमाडौं—  ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।  नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिनुभयो । हाल यस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 802 पटक पढिएको
  • खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

    काठमाडौं— नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 584 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.