स्वास्थ्य

    Showing 411-420 of 2,504 items.
  • मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन

    काठमाडौं— नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको अनलाईन आवेदन खुला गरेको छ । काउन्सिलले बिहीबार सावर्जनिक सुचना जारी गर्दै ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो ।योग्य व्यक्तिले शुक्रबारदेखि पौष २४ गतेसम्म फारम भर्न सकिने सुचनामा उल्लेख छ । त्यस्तै परिक्षाको मिति माघ १३ देखि १५ गतेसम्म लागि तोकिएको छ । ललितपुरको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परिक्षा हुने सुचनामा उल्लेख छ ।अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 530 पटक पढिएको
  • आजदेखि दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै

    काठमाडौं— दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु¥याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्

    • प्रकाशित मितिः पुस २, २०८२
    • 575 पटक पढिएको
  • स्वास्थ्यचौकीलाई उपकरण सहयोग

    काठमाडौँ । ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्यचौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । उहाँले भन्नुभयो, “यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः पुस १, २०८२
    • 293 पटक पढिएको
  • कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन

    विराटनगर। कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा  उपयोग  गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन ।  पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी  नहुँदा सेवाग्राहीको  सङ्ख्या वृद्धि हुन नसकेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेशका १४ जिल्लामा यो तथ्याङ्क कम नै हो । तर अधिकारकर्मीका अनुसार महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रतिको सचेतना, सेवा पहुँच र स्वास्थ्य प्रणालीप्रति बढ्दो विश्वासको सङ्केत हो ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 417 पटक पढिएको
  • केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

    काठमाडौं— विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 536 पटक पढिएको
  • जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

    मगु— हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ ।मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन् ।जिल्ला अस्पताल मुगुका विशेषज्ञ डाक्टर अभिषेक मिश्रका अनु

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 501 पटक पढिएको
  • बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून

    अत्तरिया। कैलालीमा परिवार व्यवस्थापन सेवा  अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो । जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिनुभयो ।परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 359 पटक पढिएको
  • भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया

    टक्सार। विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् । पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित   तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु  रमाएका हुन् । सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले एक सय १८

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 428 पटक पढिएको
  • कुश्माको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परीक्षण, ४५० भन्दा बढी लाभान्वित

    काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 579 पटक पढिएको
  • बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने

    काठमाडौं— बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ। खोटाङको केपिलागढी गाउँपालिका वडा नं ४ का प्रभिसन राईको यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।उनको निधनपछि विभिन्न राजनीतिक व्यक्ति, समाजसेवी, परिवार र अस्पताल प्रशासनबीच भएको छलफलबाट उक्त निर्णय भएको हो।निर्णय अनुसार मृतकका बुवा राम कुमार राई, रस्ना राई, अलिशा राई र प्रसन राईलाई उपचार कार्ड उपलब्ध गराई निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै काठमाडौंदेखि खोटाङसम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 473 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.