स्वास्थ्य

    Showing 2,281-2,290 of 2,454 items.
  • उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए । “महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”,  उनले

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 125 पटक पढिएको
  • कोरोना अपडेट : १९९३ जना कोरोना संक्रमित डिस्चार्ज

    बिर्तामोड / आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भएर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आज देशभर १ हजार ९ सय ९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भएका छन्।कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 266 पटक पढिएको
  • कोरोना अपडेट : एकैदिन ५८ जनाको मृत्यु, आठ हजार छ सय ५९ संक्रमित

    बिर्तामोड / नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च भएको छ । गत २४ घण्टामा ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 365 पटक पढिएको
  • कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन

    कैलाली / सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको  छ ।उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिए । उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गरे ।विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 162 पटक पढिएको
  • सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

    काठमाडौँ / नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९  संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि  निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि  सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको  छ ।सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२  पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त  स्वास्थ्यकर्मीलाई  राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने  गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 113 पटक पढिएको
  • हास्यश्रृखला ‘सक्किगोनी’का ‘काकु’लाई कोरोना संक्रमण

    काठमाडौंँ / हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ, म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’आचार्यले केही दिनयता आफुसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् । यो म

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 109 पटक पढिएको
  • कैलालीमा थप ६ संक्रमितको मृत्यु

    धनगढी / कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार विहानसम्म सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकामध्ये कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 101 पटक पढिएको
  • कोरोनाको नाममा ब्रम्हलुट : जनतालाई मृत्युको मुखमा धकेलेर कमिशन असुल्न खोज्दैछन् उद्योगि

    बिर्तामोड / देशकै ठुला उद्योगि सुरज वैद्य र विजय दुगडले कोरोनाको महामारीले मुलुक थलिएको वेला संक्रमणबाट जोगिन आवस्यक भ्याक्सीनमा कमिशन नपाउँदा समयमा नै मुलुकमा भ्याक्सिन आउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले खुलासा गरेका छन् ।मन्त्री त्रिपाठीले हिमाल खबर पत्रकासँगको  अन्तर्वार्तामा खोप आयातमा बिचौलिया बनेर आएका उद्योगि सुरज वैद्य वैद्य र विजय दुगडले १० प्रतिशत कमिसन मागेपछि समयमा नै खोप आयात हुन नसकेको बताएका हुन् । भारतको खोप उत्पादक कम्पनी सिरमसँग सरकारले ५० लाख डोज खोप किन्ने प्रस्ताव गरेपनि खोप उत्पादक कम्पनीको नेपाल एजेन्ट बनेका उध्योगिद्धयले कमिशन खोजेपछि आयातमा

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 4,153 पटक पढिएको
  • कोरोनाको नाममा ‘ब्रम्हलुट’ : अस्पताल बनाइए तारे होटल

    बिर्तामोड / सरकारलाई आवस्यक परे आफ्ना दुई अस्पताल दिने घोषणा गरेका कांग्रेस नेता समेत रहेका सुनिल शर्मा संचालक रहेको काठमाण्डौको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमित बिरामीसँग चर्को शुल्क असुली गर्न थालेको छ । राजनिति अस्थिर र मुलुक कोरोनाले थलिएको बेला विराटनगर स्थित नोवेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेज कोरोना संक्रमित बिरामीको उपचारका लागि दिने घोषणा गरेर सर्वत्र वाहीवाही बटुलेका सुनिल शर्माले आफ्नो काठमाण्डौ स्थित अस्पतालमा कोरोना संक्रमित विरामीसँग अकुत असुलिरहेको सार्वजनिक भएको छ । कोरोना संक्रमित विरामीलाई क्याविन भर्ना गर्न लगाएर विरामीको ढाड सेक्ने गरी शुल्क असुल्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,093 पटक पढिएको
  • एक सातामै चार गुणा बढे सङ्क्रमित

    बिर्तामोड / झापामा कोरोना सङ्क्रमितको दर ज्यादै बढेको छ । एक सातामा चार गुणा सङ्क्रमित बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा सङ्क्रमितको सङ्ख्या १९५ रहेको थियो । तर मङ्गलबार यो सङ्ख्या बढेर ७४१ पुगिसकेको छ । यो साता ५४६ जना सङ्क्रमित बढेका हुन् ।करीब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित सङ्क्रमितहरु देखा पर्न थालेका थिए । त्यसयता लगातार गुणात्मक रुपमा सङ्क्रमण फैलिइरहेको छ । एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा सङ्क्रमितको सङ्ख्या मात्र १३ रहेको जनाएको थियो ।विगत सात दिनम

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.