स्वास्थ्य

    Showing 1,951-1,960 of 2,450 items.
  • बाल सुधार गृहमा कोरोना फैलियो

    विराटनगर /  विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १ सय ९३ जना बालक रहेको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले सुधार गृहका २५ जना बालबालिकामा संक्रमण देखिएको जनाएको छ ।सुधार गृहका प्रमुख मिलन चौहानले  बालबालिकामा संक्रमणको पुष्टि गरेका छन् । उनले संक्रमितलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको र चार जना संक्रमित बालकलाई उपचारका लागि अदालतको आदेशमा आफन्तको जिम्मा लगाइएको जानकारी गराएका छन् ।सुधार गृहमा १४ वर्ष देखि १८ वर्ष सम्मका बालक रहेको चौहानले बताएका छन् । उनले सुधार गृहको क्षमता ५० जना मात्रै रहेको भएपनि थप भवन नहु

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 329 पटक पढिएको
  • स्वास्थ्य क्षेत्रका ‘बादशाह’ बन्ने दौडमा नोवेल संचालक शर्मा

    काठमाण्डौ / मेडिकल कलेज संचालन अनुमति नपाएर विगत ४ वर्ष देखि झापाको बिर्तामोड स्थित प्रस्तावित बि एण्ड सी मेडिकल कलेजका संचालक छटपटाइरहेको बेला प्रदेश एककै विराटनगरका अर्का उध्यमि सुनिल शर्माले भने काठमाण्डौको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज (एनएमसी) खरिद गर्न तयारी थालेका छन् ।विराटनगरको नोवेल मेडिकल कलेजका संचालक शर्माले एक वर्ष अघि मात्रै काठमाडौँकै काठमाडौँ मेडिकल कलेज किनेका थिए । थप मेडिकल कलेज संचालनको अनुमति सरकारले रोकेका बेला प्रदेश एककै उद्यमी शर्माले भने मेडिकल कलेजबाट अकुत कमाएको अनुमान गर्न थालिएको छ । सरकारी स्वास्थ्य संस्था धरासायी बनाएर निजी अस्पताल र कलेजले लुट मच्चाइरहेको

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 947 पटक पढिएको
  • बाँकेमा चार संक्रमितको मृत्यु

    राँझा / कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ ।नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 141 पटक पढिएको
  • देशभर थप ५ हजार ४२ जनामा संक्रमण पुष्टि, ६२ जनाको मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर मार्फत  ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।आज ८ हजार २४३ जना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन्।नेपालमा हालसम्म पिसिआर परीक्षणमा ५ लाख ८५ हजार १०० र एन्टीज

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 491 पटक पढिएको
  • अब ३ वर्ष माथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप !

    बिर्तामोड / कारोनाको तेस्रो लहरको खतरामा बालबालिका रहेको भनेर डर अनि त्रासमा बाँचिरहेका संसारभरका मानिसमा चिन सरकारले तिन वर्ष माथिका बालबालिकालाई पनि चिनियाँ खोप लगाउन अनुमति दिएसँगै आसा पलाएको छ ।  शुक्रबार चीन सरकारबाट सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोपले बालबालिकामा प्रयोगका लागि आपतकालीन प्रयोगको अनुमति पाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।सो कम्पनीले उत्पादन गरेको खोप ३ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोर–किशोरीमा प्रभावकारी रहेको सिनोभ्याकले दावी गरेको छ।सरकारले बालबालिकामा प्रयोग गर्न सकिने खोपलाई स्वीकृति दिएपछि सिनोभ्याक बायोटेकका प्रमुख

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 543 पटक पढिएको
  • ब्राजिलमालाई कोरोना विरुद्धको स्पुतनिक–भी खोप प्रयोग गर्न अनुमति

    मस्को(एजेन्सी) कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।  ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोना भाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।  कोरोना भाइरसको महामार

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 140 पटक पढिएको
  • भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

    काठमाडौँ / भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ । भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म द

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 174 पटक पढिएको
  • बुटवलमा थप दुई संक्रमितको मृत्यु

    रुपन्देही / बुटवलस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।कोरोना पुष्टि भएपछि जेठ १५ गते अस्पताल भर्ना भएका गल्याङ ११ स्याङ्जाका पुरुषको मृत्यु भएको छ । उनको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।यस्तै शनिबार विहान बर्दघाट नगरपालिका–४ बस्ने ४३ बर्षीय महिलाको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनलाई ११ जेठमा कोरोना पुष्टि भएपछि लुम्बिनी प्रदेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् ।दुई जना बिरामी कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 146 पटक पढिएको
  • बेलायती पत्रिकाको सरकारलाई जवाफ : कोरोनाको नेपालमा बनेको नयाँ प्रजाति अमेरिकामा पनि !

    बिर्तामोड / चर्चित बेलायती पत्रिकाले  नेपाल सरकारको दावीलाई अस्विकार गर्दै कोरोनाको नयाँ भेरिएन्ट अमेरिकामा समेत भेटिएको दाबी गरेको छ । युरोपेली मुलुकमा कोरोनाको नेपाली भेरियन्ट भेटिएको दाबी पछि नेपाल सरकारले सो कुरा अस्विकार गरिरहेको समयमा सो पत्रिकाले अमेरिकामा समेत नयाँ भेरिएन्ट भेटिएको दावी गरेको हो ।कोरोनाको महामारीले ग्रसित मुलुक नेपालमा कोरोनाको नयाँ भेरिएन्ट बिकास भएको दावी गर्दै आएको सो पत्रिकाले नेपालमा बिकास भएको भेरिएन्ट अमेरिकामा समेत पुष्टि भएको दाबी गरेको छ ।पत्रिकाले अमेरिकामा पुष्टि भेटिएको नयाँ भेरिएन्ट सगरमाथा आरोहीबाट अमेरीका पुगेको हुन सक्ने दाबी समेत गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 302 पटक पढिएको
  • देशभर थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र  ६ हजार ६३१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार ६२४  जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।   देशभर  ७५५ जना क्वारेन्टाइनमा रहेको सो मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 276 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.