बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र  ६ हजार ६३१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार ६२४  जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।   

देशभर  ७५५ जना क्वारेन्टाइनमा रहेको सो मन्त्रालयले जनाएको छ।