बिर्तामोड / चर्चित बेलायती पत्रिकाले  नेपाल सरकारको दावीलाई अस्विकार गर्दै कोरोनाको नयाँ भेरिएन्ट अमेरिकामा समेत भेटिएको दाबी गरेको छ । युरोपेली मुलुकमा कोरोनाको नेपाली भेरियन्ट भेटिएको दाबी पछि नेपाल सरकारले सो कुरा अस्विकार गरिरहेको समयमा सो पत्रिकाले अमेरिकामा समेत नयाँ भेरिएन्ट भेटिएको दावी गरेको हो ।

कोरोनाको महामारीले ग्रसित मुलुक नेपालमा कोरोनाको नयाँ भेरिएन्ट बिकास भएको दावी गर्दै आएको सो पत्रिकाले नेपालमा बिकास भएको भेरिएन्ट अमेरिकामा समेत पुष्टि भएको दाबी गरेको छ ।

OM Sai Pathibhara Hospital

पत्रिकाले अमेरिकामा पुष्टि भेटिएको नयाँ भेरिएन्ट सगरमाथा आरोहीबाट अमेरीका पुगेको हुन सक्ने दाबी समेत गरिएको छ । पत्रिकाले वेलायती स्वास्थ्य निकायका निर्देशक डा. जेफ ब्यारेटलाई उद्धृत गर्दै एउटा केस अमेरिकामा भेटिएको दाबी गरेको छ ।

कोरोनाको नयाँ नेपाली भेरिएन्ट भारत, जापान, पोर्चुगल र बेलायतमा समेत भेटिएको समाचारमा दाबी समेत गरिएको छ। कोरोनाको भारत र दक्षिण अफ्रिकामा देखिएका भेरियन्टको संयुक्त स्वरुप भएको पनि सो पत्रिकाले स्वास्थ्य विज्ञहरुलाई हवाला दिंदै समाचार प्रकाशन गरेको हो ।