मस्को(एजेन्सी) कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।  

ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । 

OM Sai Pathibhara Hospital

रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोना भाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।  

कोरोना भाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोना भाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

विश्वभरी कोरोना भाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ । 

स्पुतनिक भी का विकास कर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन् । उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् ।