विराटनगर /  विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १ सय ९३ जना बालक रहेको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले सुधार गृहका २५ जना बालबालिकामा संक्रमण देखिएको जनाएको छ ।

सुधार गृहका प्रमुख मिलन चौहानले  बालबालिकामा संक्रमणको पुष्टि गरेका छन् । उनले संक्रमितलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको र चार जना संक्रमित बालकलाई उपचारका लागि अदालतको आदेशमा आफन्तको जिम्मा लगाइएको जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

सुधार गृहमा १४ वर्ष देखि १८ वर्ष सम्मका बालक रहेको चौहानले बताएका छन् । उनले सुधार गृहको क्षमता ५० जना मात्रै रहेको भएपनि थप भवन नहुँदा १ सय ९३ जना बालकलाई राख्न आफुहरु बाध्य बनेको र एउटै कोठामा २५ जना सम्म राखिएको जानकारी गराएका छन् ।