बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर मार्फत  ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।

आज ८ हजार २४३ जना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन्।

नेपालमा हालसम्म पिसिआर परीक्षणमा ५ लाख ८५ हजार १०० र एन्टीजेन परीक्षणबाट १३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ।