बिर्तामोड / कारोनाको तेस्रो लहरको खतरामा बालबालिका रहेको भनेर डर अनि त्रासमा बाँचिरहेका संसारभरका मानिसमा चिन सरकारले तिन वर्ष माथिका बालबालिकालाई पनि चिनियाँ खोप लगाउन अनुमति दिएसँगै आसा पलाएको छ ।  

शुक्रबार चीन सरकारबाट सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोपले बालबालिकामा प्रयोगका लागि आपतकालीन प्रयोगको अनुमति पाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

OM Sai Pathibhara Hospital

सो कम्पनीले उत्पादन गरेको खोप ३ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोर–किशोरीमा प्रभावकारी रहेको सिनोभ्याकले दावी गरेको छ।

सरकारले बालबालिकामा प्रयोग गर्न सकिने खोपलाई स्वीकृति दिएपछि सिनोभ्याक बायोटेकका प्रमुख कार्यकारी अधिकृत दिन वेदोङले भनेका छन्,‘बालबालिकामा सिनोभ्याकको खोप परीक्षण भएको छ। यो वर्षको सुरुवातमा परीक्षण सुरु भएको थियो पहिलो र दोस्रो चरणको परीक्षण सकिएको छ।’

‘सयौंमा परीक्षण गरिँदा यो खोप ३ देखि १८ वर्षसम्मका मानिसमा प्रभावकारी देखिएको छ’ उनले भनेका छन्। यसअघि कयौं देशले १२ देखि १५ वर्षका बालबालिकामा कोरोना विरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएका थिए । तर बालबालिकामा प्रयोगको अनुमति पाउने सिनोभ्याक कै खोप संसारको पहिलो खोप समेत भएको छ ।

विश्व स्वास्थ्य संगठनले चिनियाँ कम्पनीका दुई खोपलाई यस अघि नै आपतकालिन प्रयोगको अनुमति दिएको भएपनि बालबालिकामा प्रयोग गर्न सकिने गरी बनाईएको चिनियाँ खोपलाई भने अझै अनुमति दिएको छैन ।