स्वास्थ्य

    Showing 1,891-1,900 of 2,450 items.
  • बाँकेमा कोरोना संक्रमणदर घट्दै : अस्पतालका ८० % शय्या खाली

    बाँके /  कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएको शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ ओटा कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला च

    • प्रकाशित मितिः असार ६, २०७८
    • 144 पटक पढिएको
  • डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला

    डडेल्धुरा / डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका –८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन् ।हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा पुगेको हो ।धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।धामी असार २ गते स

    • प्रकाशित मितिः असार ६, २०७८
    • 157 पटक पढिएको
  • देशभर २ हजार ४०१ जना संक्रमित थपिए, ३४ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभर ३ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको

    • प्रकाशित मितिः असार ५, २०७८
    • 158 पटक पढिएको
  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

    काठमाडौँ(एजेन्सी) भारतमा कोरोना दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ ।त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक

    • प्रकाशित मितिः असार ५, २०७८
    • 154 पटक पढिएको
  • कोरोनाको उपचारका नाममा विराट मेडिकल कलेजको लुट , स्थानीय प्रशासनले थाल्यो कारवाही

    विराटनगर / सरकारसँगको सम्झौता अनुसार कोरोना सङ्क्रमितको सरकारी खर्चमा नै उपचार गर्दै आएको विराटनगरको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बिरामीसँग दोहोरो र चर्को शुल्क लिएको पाइएपछि स्थानीय प्रशासनले कारवाही प्रकृया अघि बढाएको छ ।सरकारसँग भएको सम्झौता विपरित उपचार शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा परेको उजुरीको छानविन गर्दै कार्यालयले शुल्क फिर्ता गर्न कलेजलाई निर्देशन समेत दिएको छ ।सुनसरीको इनरुवा –२ का कोरोना संक्रमित रामजी महतोको उपचारका क्रममा छ लाख खर्च भएको भन्दै कलेजले बिल दिएपछि यो विषय स्थानीय प्रश

    • प्रकाशित मितिः असार ५, २०७८
    • 271 पटक पढिएको
  • विराटनगरका तिन सहित २२ निजी अस्पतालको पिसिआर रिपोर्ट मान्यता

    बिर्तामोड / सरकारले विराटनगरका तिन अस्पताल सहित देशका २२ अस्पताललाई विदेश भ्रमणका लागि पिसीआर रिपोर्टलाई मान्यता दिएको छ । विदेश जानेलाई पिसीआर परिक्षण गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पिसीआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर रहेका छन् । यस्तै, ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेड

    • प्रकाशित मितिः असार ५, २०७८
    • 139 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १,७४० संक्रमणमुक्त, ३७१ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा७२, इलाममा७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबार

    • प्रकाशित मितिः असार ४, २०७८
    • 239 पटक पढिएको
  • देशभर थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पिसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ६४१ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्।   नेप

    • प्रकाशित मितिः असार ४, २०७८
    • 148 पटक पढिएको
  • बीएण्डसीका विषयमा झुटो प्रचार हुँदैछ : अधिवक्ता अर्याल

    बिर्तामोड / सर्वोच्च अदालतले २०७७ कार्तिक १८ गते झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजको पक्षमा दिएको अन्तरिम आदेश रद्ध भएको भनेर दावी गर्दै आएका वरिष्ठ अधिवक्ता अधिवक्ता ओमप्रकाश अर्यालले नै आदेश रद्ध नभएको बताएका छन् ।मेडिकल कलेजको अनुमति रोक्न माग गर्दै आन्दोलन गरिरहेको पक्षले बीएण्डसी कलेज अदालतमा उपस्थित नभएकाले सो मुद्धा खारेज भईसकेको भनेर दावी गरिहेका समयमा त्यस्तो दावी गर्ने अधिवक्ता अर्यालको यस्तो भनाई सार्वजनिक भएको हो । काठमाण्डौंबाट संचालित एक अनलाईनसँग कुराकानी गर्दै अधिवक्ता अर्यालले मंसिर ७ को सुनुवाई स्थगित गर्न दिएको निवेदनको आधारमा मुद्धा रद्ध नभएको बताएका हुन् ।अदालतको वेवस

    • प्रकाशित मितिः असार ४, २०७८
    • 388 पटक पढिएको
  • देशभर थप २ हजार ६०७ जनामा संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्।   नेपाल स

    • प्रकाशित मितिः असार ३, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.