स्वास्थ्य

    Showing 1,891-1,900 of 2,140 items.
  • कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

    कर्णाली / कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 101 पटक पढिएको
  • वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

    मकवानपुर / वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुईरदुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एकरएकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 80 पटक पढिएको
  • हरेक २ मा १ लाई कोरोना : नेपालको अवस्था भयावह

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समुदायलाई बताइरहेका बेला बीबीसीले नेपालको अवस्था भयावह बनेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा बेड र अक्सिजन अभावले संक्रमितको मृत्युदर बढ्दै गएको निष्कर्ष निकालिएको छ ।‘अन्य एसियाली मुलुकजस्तै नेपाल पनि कुनै गम्भीर क्षतिबिना पहिलो चरणको महामारी परास्त गर्न सफल भएको थियो,’ बीबीसीले नेपालको अवस्था चित्रण गर्दै रिपोर्टमा लेखेको छ, ‘तर दोस्रो लहर निकै भयानक बनेको छ । अप्रिलको सुरुमा दैनिक संक्रमण दर १५० रहेकोमा अहिले ९ हजार पार गरेको छ । ४ हजारको अहिलेसम्म मृत्यु भइसकेको छ ।’ कोरोना महामारी भयानक ह

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 423 पटक पढिएको
  • भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि संक्रमितको मृत्यु

    वीरगञ्ज /  वीरगञ्जमा एक कोरोना संक्रमितले अस्पताल पुगेर पनि भेन्टिलेटर नहुँदा ज्यान गुमाउनु परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका ६८ वर्षीय पुरुष समयमा नै अस्पताल पुगेपनि भेन्टिलेटर खाली नहुँदा उनले ज्यान गुमाउनु परेको हो ।ती संंक्रमितको बिहान साढे ६ बजे नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गएको अस्पतालका चिकित्सक ओम प्रकाश कुशवाहाले जानकारी दिए । ‘अक्सिजनको सपोर्टमा थिए, स्थिति खराब हुँदै गइरहेको थियो।’ उनले भने ‘भेन्टिलेटर खाली नभएकोले राख्न पाएनौं, उनलाई बचाउन सकिएन ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उनी असपतालमा भर्ना भएका थ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 83 पटक पढिएको
  • अक्सिजनको अभावका कारण शय्यामा छट्पटाउँदै बिरामी

    भक्तपुर / भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौँतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी,

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 112 पटक पढिएको
  • डोटीमा १२ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

    डोटी / कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मी

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 78 पटक पढिएको
  • मेची प्रादेशिक अस्पतालमा जनशक्ति थप

    बिर्तामोड / मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले दुई मेडिकल अफिसर सहित पाँच स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ का सङ्क्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो । अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटकपटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरुले मेची अस्पतालमा रहेको ७५ श्ययाको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेष्ठ, मेची अस्पताल विकास समितिका अध्यक्ष स

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 262 पटक पढिएको
  • मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

    भक्तपुर / मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए । 

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 95 पटक पढिएको
  • प्रदेश १ को कोराना अपडेट : आज ९ सय ४ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ र मिक्लाजुङमा १ जना रहेका छन् । झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५,

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 399 पटक पढिएको
  • कोरोना अपडेट : थप ९ हज्जार ४ सय ८३ जनामा कोरोना संक्रमण, २ सय २५ को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ४ हजार ८४ संक्रमितको

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा