बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पिसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ६४१ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्।