बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन्।