बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। 

OM Sai Pathibhara Hospital

यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

गत २४ घण्टामा देशभर ३ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।